onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दोस्रो चरणको प्रशिक्षणमा २० क्रिकेटर : आरिफको ठाउँमा बसन्तलाई समावेश

काठमाडौं (अनलाइन खेल खबर )। नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ ।

ओमान भ्रमणको लागि क्यानले यसअघि चार नयाँ अनुहारसहित ३२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । त्यसपछि ओमान भ्रमण केहि दिनअघि मात्रै स्थगित भएसँगै केहि दिनको मात्र बन्द प्रशिक्षणबाट अन्तिम २० खेलाडी छ्नोट गरिएको छ ।

जसमा २१ जनाले मात्र प्रशिक्षणमा समावेश भएका थिए । बाँकी ११ खेलाडीले प्रशिक्षण गरेका थिएनन् ।

पहिलो चरणबाट छानिने खेलाडीमा कप्तान ज्ञानेन्द्र मल्ल,पारस खड्का,दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने,शरद भेषवाकर, कुशल मल्ल, अविनास बोहोरा रहेका छन् । यस्तै कमल सिंह एरी,मोहम्मद आसिफ शेख, सुशन भारी, कुशल भुर्तेल, ललित राजवंशी, विक्रम शोब,सन्दीप जोरा,पृथु बास्कोटा, बसन्त रेग्मी र शाहब आलम पनि समावेश रहेका छन् ।

यसअघि ३२ सदस्यीय टोलीमा नभएका बसन्तलाई मोहम्मद आरिफ शेखको ठाउँमा ल्याईएको छ । आरिफ प्रधानमन्त्री कप क्रिकेटमा एपीएफविरुद्ध खेल्ने क्रममा घाइते भएका थिए । दोस्रो चरणको प्रशिक्षण आईतबार देखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्