onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एसिया कप छनोट प्रतियोगिता : सिंगापुर माथी नेपाल को शानदार जित

भदौ १७ , अनलाईन खेलखबर || मलेसिया मा जारी एसिया कप छनोट क्रीकेट प्रतियोगिता अन्तर्गत आज भएको खेल मा नेपाल ले सिंगापुर लाई ४ बिकेट ले पराजित गरेको छ । यसअघि का सुरुवाति दुई खेल मा पराजित भएको नेपाल सनिवार भने प्रतियोगिता को पहिलो जित आयोजक मलेसिया बिरुद्द हासिल गरेको थियो ।

नेपाल ले जित निकाल्ने क्रम मा सिंगापुरले दिएको १ सय ५२ रनको बिजयी लक्ष्य पाएको नेपाल ले २८.१ ओभरमा लक्ष्य ६ विकेट गुमाएर भेटायो ।

नेपाल का लागि ओपनर अनिल कुमार शाहले सर्वाधिक ४३ रन बनाए । ३२ बलको सामना गरेका अनिलले ५ चौका र २ छक्का प्रहार गरे । अनिलले पहिलो विकेटका लागि ३८ बलमा १४ रन बनाएका सुबाश खकुरेलसँग मिलेर १०.२ ओभरमा ५६ रन जोड्दै नेपाललाई राम्रो शुरुबात दिलाएका थिए ।

त्यस्तै नेपालको तर्फबाट कप्तान पारस खड्काले ११ रन तथा ज्ञानेन्द्र मल्लले २९ रन बनाए । अघिल्लो खेलमा अर्धशतक बनाएका दिपेन्द्र सिंह ऐरी ३३ रन र सागर पुन १४ रन बनाएका थिए । यस्तै आरिफ शेख ले ४ रन बनाए ।

यसअघि टस जितेर सुरुवाती व्याटिङ गरेको सिंगापुरले ४२ औ ओभरमा अलआउट हुदै १ सय ५१ रन मात्र बनाउन सक्यो ।

चेतन रामचन्द्रले सर्वाधिक ६० रन र अनिश पाराम ले ३१ रन बनाउनु बाहेक अन्यको ब्याटसम्यान को उल्लेख्य योगदान हुन नसक्दा सिंगापुर को फितलो ब्याटिङ हुन पुग्यो ।

सिगापुर लाई निकै कम स्कोर मा रोक्न नेपाल का ललित राजवंशी र सन्दिप लामिछानेले समान ३\३ विकेट लिए भने सोमपाल कामीको नाममा २ विकेट र बसन्त रेग्मी ले को नाम मा पनि १ बिकेट रह्यो ।

प्रतियोगिता मा निकै कमजोर प्रंदशन गर्दै आईरहेको सिगापुर माथी जित हासिल गर्दै नेपाल ले प्रतियोगिता को फाईनल यात्रा को सम्भावना जिबितै राखेको छ । अब नेपाल ले लिग चरण को आफ्नो अन्तिम खेल भदौ १९ गते हङकङ विरुद्ध खेल्नेछ । यदि यो खेल जितेमा र अन्य देश हरु को नतिजा ले नेपाल लाई साथ दियो भने नेपाल फाईनल प्रबेश गर्नेछ । प्रतियोगिता को बिजेता ले आसन्न युएई मा हुने एसिया कप खेल्नेछ जहाँ पाकिस्तान र भारत सगँ खेल्ने सुबर्ण अबसर प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्