onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोहितको सानदार पारीमा भारतको राम्रो सुरुवात

एजेन्सी । ओपनर ब्याट्सम्यान रोहित शर्माले शतकीय पारी खेलेसँगै घरेलु टोली भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेष्टमा राम्रो सुरुवात पाएको छ ।

चेन्नईस्थित एमए चिदमबरम रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिसम्ममा ८८ ओभरमा ६ विकेट गुमाएर ३ सय बनाएको छ । क्रिजमा विकेट किपर ब्याट्सम्यान रिषभ पन्त ३३ रन र अक्षर पटेल ५ रन बनाएको अवस्थामा छन् ।

त्यसअघि टिमलाई राम्रो सुरुवात दिलाउने क्रममा ओपनर ब्याट्सम्यान रोहित शर्माले सानदार ब्याटिङ गरे । पहिलो टेष्टमा खराब ब्याटिङ गरेका उनले दोस्रो टेष्टको पहिलो इनिङ्समा १ सय ६१ रन बनाए ।

७२.६ ओभरमा टिमको स्कोर २ सय ४८ रन हुँदा ज्याक लीचको बलमा चौथों विकेटका रुपमा आउट हुनुअघि उनले उक्त रन बनाउने क्रममा २ सय ३१ बलमा १८ चौका र २ छ्क्का प्रहार गरेका थिए ।

यस्तै अर्का ओपनर सुभमन गिल शून्य रनमा आउट हुन् पुग्दा कप्तान विराट कोहलीले पनि खाता खोल्न सकेनन् । यी बाहेक चेतेश्वर पुजाराले २१ रन बनाउँदा अजिंक्य रहाणेले ६७ रनको योगदान गरेका थिए ।

बलिङतर्फ मोइन अलि र ज्याक लीचले २-२ विकेट लिए । यस्तै जो रुट र ओली स्टोनले १- १ विकेट हात पारे ।

चार खेलको टेष्ट सिरिज अन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डले घरेलु टोली भारतलाई २ सय २७ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्