onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मात्र ४ रनले पराजित हुँदा नेपाली टोली आरसीडब्लू सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (अनलाइन खेल खबर ) । भारतको नोयडामा जारी राइजिङ स्टारलेट्स महिला क्रिकेट प्रतियोगितामा नेपालको राइजिङ क्रिकेट फर वुमन (आरसीडब्लू) प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ ।

प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिने क्रममा आरसीडब्लू एनसिआर वुमन्स क्लबसँग रोमान्चक बनेको खेलमा मात्र ४ रनले पराजित हुन् पुग्यो ।

शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एनसिआरले प्रस्तुत गरेको २ सय २ रनको विशाल लक्ष्यलाई पछ्याएको नेपाली टोली आरसीडब्लू १ सय ९७ रनमा सिमित हुन् पुग्दा फाइनल पुग्नबाट बन्चित हुन् पुग्यो ।

आरसीडब्लूका लागि रुवि पोद्दारले सर्वाधिक ३७ रनको योगदान गरिन् । यस्तै कप्तान आरती विडारी र सम्झना खड्काले समान ३० रन बनाउँदा लक्ष्मी साउदले २८ रन,सुजिता थापाले २६ रन,सलिना सिलवालले १५ रन,अनिशा मर्जाकोटीले ११ रन,चादँनी अधिकारी र क्यानुका बस्नेतले १०-१० रन बनाएका थिए ।

त्यसअघि एनसिआर वुमन्स क्लबविरुद्ध आरसीडब्लूका कृष्मा गुरुङ र कृत्रिका मरासिनीले ३-३ विकेट लिएका थिए । भने लक्ष्मी साउद र सम्झना खड्काले पनि २-२ विकेट हात पारेका थिए ।

यसअघि प्रतियोगिताको समूह बी मा रहेको आरसीडब्लूले समूह चरणमा ३ खेलमा २ खेल जित्दै समूहको उप -विजेताको हैसियतबाट सेमिफाइनल पुगेको थियो । जस अन्तर्गत आरसीडब्लू समूहको पहिलो खेलमा दिल्लीसँग पराजित हुँदा त्यसपछिका दुई खेलमा आरसीडब्लूले दिल्ली र मेरठलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्