onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएल अक्सनमा २ सय ९२ खेलाडीको बोली लाग्ने

एजेन्सी । फेब्रुअरी १८ मा चेन्नईमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल ) को अक्सनका लागि २ सय ९२ खेलाडीको बोली लाग्ने भएको छ ।

अक्सनका लागि यसपटक कुल १ हजार ९७ खेलाडीले नाम दर्ता गराएका थिए । जसमा नेपालबाट सन्दीप लामिछानेसहित अलराउन्डर दीपेन्द्र सिंह ऐरी, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर र अभिनास बोहराको नाम दर्ता भएको थियो । जसलाई नेपाल क्रिकेट संघ (क्यान ) ले सिफारिस गरेको थियो । त्यसमध्य नेपालबाट सन्दीप लामिछानेबाहेक अन्य खेलाडीहरु अक्सनको अन्तिम सूचिबाट बाहिर भएका छन् ।

जसमध्य सन्दीपले अक्सनका लागि ४० लाख भारतीय रुपिए न्युनतम मूल्य राखेका छन् । सन्दीपले यस अघि तीन संस्करण दिल्लीबाट प्रतिनिधित्व गरेका थिए ।

सन् २०१८ मा उनलाई दिल्लीले अक्सनमार्फत २० लाख भारतीय रुपिएमा टिममा अनुबन्ध गरेको थियो । पहिलो र दोस्रो संस्करणमा उनले खेले पनि अघिल्लो युएईमा भएको आईपीएलमा उनि सबै खेलमा बेन्चमा रहेका थिए । समग्रमा सन्दीपले दिल्लिबाट खेल्दा ९ खेलमा १३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्