onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाली टोली आरसीडब्लू सेमिफाइनलमा

काठमाडौं (अनलाइन खेल खबर) । भारतको नोयडामा जारी राइजिङ स्टारलेट्स गर्ल्स क्रिकेट प्रतियोगितामा नेपालको राइजिङ क्रिकेट फर वुमन (आरसीडब्लू) प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

राष्ट्रिय खेलाडी आरती बिडारीको नेतृत्वमा रहेको आरसीडब्लू प्रतियोगिताको सेमिफाइनल पुग्ने क्रममा बिहीबार मेरठलाई १५ रनले पराजित गरेको थियो । यो जितसँगै समूह ‘बी’ को उप विजेताको हैसियतबाट आरसीडब्लूसेमिफाइनलमा पुगेको हो ।

खेलमा पहिले ब्याटिङ गर्दै आरसीडब्लूले १९ ओभरमा आफ्नो सबै विकेट गुमाएर ५९ रन बनाएको थियो। उसका लागि सम्झना खड्काले सर्वाधिक ठूलो पारी खेलिन । अविजित रहेकी उनले २० रनको योगदान गरिन् । यस्तै टिमका लागि रुवि पोद्दरले १५ र एनिसा मजाकोटीले १० रन जोडेकी थिइन् ।

बलिङतर्फ मेरठकी भुमि चौहान, ज्योती बलियान र खुसी शर्माले ३-३ विकेट हात पारेका थिए ।

त्यसपछि आरसीडब्लूले प्रस्तुत गरेको ६० रनको विजयी लक्ष्य पछ्याएको मेरठ ४४ रनमा सिमित हुन् पुगेपछि आरसिडब्लूलाई सेमिफाइनल पुग्न प्रयाप्त बन्यो ।

बलिङतर्फ आरसीडब्लूकी लक्ष्मी साउदले उत्कृष्ट बलिङ गरेकी थिइन् । ७.४ ओभर बलिङ गरेकी उनले १ मेडन सहित १९ रन खर्चेर ६ विकेट लिएकी थिइन् ।यस्तै कृतिका मरासिनीले ३ र कृष्मा गुरुङले १ विकेट लिएका थिए ।

प्रतियोगितामा समूह बी मा मेरठ, दिल्ली र आरसीडब्लू थिए । समूह बी बाट मेरठ विजेता र आरसीडब्लू उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् ।

अब आरसीडब्लूले फाइनल प्रवेशका लागि एनसिआर वुमन्स क्लबसँग शुक्रबार खेल्नेछ । फाइनल खेल भने आइतबार हुनेछ ।

यसअघि प्रतियोगितामा आरसीडब्लू राजस्थानसँग पराजित हुन् पुग्दा दिल्लीलाई हराएको थियो । भारतीय टोलीमा स्टेट लेभल खेलेका खेलाडी पनि छन् ।

प्रतिक्रिया दिनुहोस्