onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

इंग्ल्यान्डसँग भारतको लज्जास्पद हार

एजेन्सी । घरेलु टोली भारतले इंग्ल्यान्डविरुद्धको पहिलो टेष्ट खेलमा लज्जास्पद हार ब्यहोरेको छ । लज्जास्पद हार ब्यहोर्ने क्रममा भारत इंग्ल्यान्डसँग २ सय २७ रनले पराजित हुन् पुग्यो ।

खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको ४ सय २० रनको फराकिलो लक्ष्यलाई पछ्याएको भारतले खराब ब्याटिङ गर्ने क्रममा ५८.१ ओभरमा अलआउट हुँदै १ सय ९२ रनमा सिमित हुन् पुगेपछि ४ खेलको टेष्ट सिरिजमा पाहुना टोली इंग्ल्यान्डलाई अग्रता बनाउन प्रयाप्त बन्यो ।

लक्ष्य पछ्याउँने क्रममा भारतको दोस्रो इनिङ्समा कप्तान विराट कोहलीले ७२ रन तथा ओपनर ब्याट्सम्यान सुभमन गिलले ५० रन बनाउनु बाहेक अन्य खेलाडीले निराशाजनक प्रदर्शन गरे ।

इनिङ्समा सबैभन्दा धेरै रन बनाएका विराटले उक्त रन बनाउने क्रममा १ सय ४ बलको सामना गर्दै ९ चौका समेत प्रहार गरेका थिए ।

बलिङतर्फ इंग्ल्यान्डका स्पिनर ज्याक लेच एक्लैले ४ विकेट लिए । भने जेम्स एन्डरसनले ३ तथा डोमिनिक बेस, जोफ्रा आर्चर र बेन स्टोक्सले १–१ विकेट लिए ।

त्यसअघि पहिलो इनिङ्समा भारतले ९५.५ ओभरमा अलआउट हुँदै ३ सय ३७ रन बनाएको थियो । त्यस क्रममा उसका लागि रिषभ पन्तले सर्वाधिक ९१ रनको योगदान गरेका थिए । यसका साथै अविजित रहेका वासिंङटन सुन्दरले ८५ रन बनाउँदा चेतेश्वर पुजाराले पनि ७३ रन थपेका थिए ।

यता इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा विशाल योगफल खडा गर्ने क्रममा ५ सय ७८ रन बनाएको थियो । त्यसपछि भारत पहिलो इनिङ्स भित्र २ सय ४१ रनले पछि परेको थियो । र इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्समा १ सय ७८ रन थप्दा भारतले ४ सय २० रनको लक्ष्य प्राप्त गरेको थियो ।

इंग्ल्यान्डका लागि दोस्रो इनिङ्समा कप्तान जो रुटले सर्वाधिक ४० रन बनाउँदा ओली पोपले २८ रन र डोमिनिक बेसले २५ तथा जस बटलरले २४ रनको योगदान गरेका थिए।

बलिङतर्फ भारतका लागि रविचन्द्रन आश्विन एक्लैले ६ विकेट लिएका थिए । यस्तै शाहवाज नदिमले २ तथा इशान्त शर्मा र जसप्रित बुमराहले पनि १-१ विकेट लिन सफल भएका थिए ।

अब यी दुईबीचको दोस्रो टेष्ट शनिबार देखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्