onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

समर्थकले दिए अनुजलाई नयाँ जुत्ता

काठमाडौं (अनलाइन खेल खबर)। युवा तीब्र गतिका बलर अनुज चनाराले नयाँ जुत्ता पाएका छन् ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरेसँगै पहिलो पटक नेपालको बन्द प्रशिक्षणमा समेत परेका यिनै चनाराको संघर्षमय क्रिकेट यात्रालाई हाम्रो खेलकुद डट कमले केहि दिन अघि बाहिर ल्याएको थियो ।

जहाँ अनुजको संघर्षको कथामा जुत्ता साथिको मागेर प्रधानमन्त्री कप खेलेको उल्लेख्य थियो ।

त्यसपछि अहिले उनलाई विभिन्न सहयोगी मन भएकाहरुले सहयोग गर्दै आएका छन् । यसबीचमा नेपाली क्रिकेटका सक्रिय समर्थकहरु तारा पाठक, विनोद जि.सी, गोविन्द भुषाल, प्रतीक उपाध्याय, जय लामिछाने र कृष्ण खनाल मिलेर अनुजलाई १८ हजार रुपैया बराबरको जुत्ता हस्तान्तरण गरेका छन् ।

मंगलबार टियु क्रिकेट मैदानमा नेपाल क्रिकेट संघ( क्यान ) का मिडिया संयोजक भानु सिग्देलमार्फत उनलाई उक्त जुत्ता प्रदान गरिएको थियो ।

जुत्ता प्राप्त गरेपछि अनुजले उत्साहित र खुसी हुँदै सबैलाई धन्यवाद प्रकट गरेका थिए ।

यसअघि उनलाई बागमती प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीले नगद १५ हजार प्रदान गरेका थिए । त्यस्तै अनुजलाई बागलुङ नगरपालिका वडा नम्बर ८ का वासिन्दा तथा अधिबक्ता रमेश बहादुर खड्काले ७ हजार र कमल सुनचाँदी पसल पोखरा, बेनी र म्याग्दीका प्रमुख कमल विश्वकर्माले पनि ५ हजार सहगोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्