onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ओमानमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित : अमेरिकाले पनि तयारी बन्द गर्यो

काठमाडौं (अनलाइन खेल खबर )। एकदिवसीय विश्वकप छ्नोट प्रकियाको विश्वकप लिग- २ अन्तर्गत मार्च १९ देखि २८ तारिखसम्म ओमानमा हुने भनिएको ओमान , नेपाल र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज स्थगित भएको छ ।

यसबीचमा अमेरिकाले आफ्नो तयारी पनि रोकेको छ । ओमान भ्रमणका लागि अमेरिकाले ४४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

इएसपीएन क्रिकइन्फोका पत्रकार पिटर डेला पेनाका अनुसार ओमानमा पछिल्लो समय कोभिड -१९ लाई लिएर नयाँ नियम तर्जुमा गरेसँगै सिरिज स्थगित भएको बताईएको छ । यस बारेमा आईसीसीले आधिकारिक रुपमा अहिलेसम्म कुनै कुरा जानकारी गराएको छैन । यसबीचमा क्यान स्रोतका अनुसार आईसीसी वा ओमानबाट कुनै यस्तो जानकारी आईसकेको भने छैन् । विश्व क्रिकेट फर्किसकेको अवस्थामा पनि एसोसिएटमा यी यस्ता सिरिज आयोजना गर्न थप चुनौती बन्दै आएको छ । जसमा आईसीसीले प्रयाप्त बजेट उपलब्ध नगराउनु मुख्य कारक तत्व देखिएको छ ।

ओमान भ्रमणका लागि नेपालले पनि आफ्नो तयारी सुरु गरिसकेको अवस्था थियो । जसका लागि नेपालले केही दिन अघिमात्र चार नयाँ अनुहारलाई सम्मलित गर्दै ३२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्