onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतविरुद्ध इंग्ल्यान्ड बलियो स्थितिमा

एजेन्सी । भारत र इंग्ल्यान्डबीचको पहिलो टेष्ट खेलमा पाहुना टोली इंग्ल्यान्ड बलियो स्थितिमा रहेको छ । चौथों दिनको समाप्ति सम्ममा इंग्ल्यान्डले प्रस्तुत गरेको ४ सय २० रनको फराकिलो लक्ष्यलाई पछ्याएको भारतले १३ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको छ । क्रिजमा सुभमन गिल १५ र चेतेश्वर पुजारा १२ रनमा रहेका छन् ।

त्यसअघि टिमका ओपनर रोहित शर्मा १२ रन बनाएर पभेलियन फर्किएका थिए । यो सँगै भारत ३ सय ८१ रनले अझै पछि रहेको अवस्था छ ।

पहिलो इनिङ्समा भारतले ९५.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ३ सय ३७ रन बनाएको थियो । पहिलो पारीमा टिमका लागि रिषभ पन्तले सर्वाधिक ९१ रन बनाउँदा अविजित रहेका वासिंङटन सुन्दरले ८५ रनको योगदान गरे । भने चेतेश्वर पुजाराले ७३ रन बनाएका थिए ।

यता इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा ५ सय ७८ रन बनाएको थियो । त्यसपछि भारत पहिलो इनिङ्स भित्र २ सय ४१ रनले पछि रहेको थियो ।

त्यसपछि इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्समा १ सय ७८ रन थप्दा भारतले ४ सय २० रनको लक्ष्य प्राप्त गरेको हो । पहिलो पारीमा उत्कृष्ट ब्याटिङ गरेको इंग्ल्यान्ड दोस्रो पारीमा भने सम्हालिन नसक्दा अलआउट हुँदै उक्त स्कोरमा चित्त बुझाउन बाध्य भयो ।

इंग्ल्यान्डका लागि दोस्रो इनिङ्समा कप्तान जो रुटले ४० रन तथा ओली पोपले २८ रन तथा डोमिनिक बेसले २५ र जस बटलरले २४ रन बनाएका थिए ।

बलिङमा भारतका रविचन्द्रन आश्विन एक्लैले ६ विकेट हात पार्दा शाहवाज नदिमले २ तथा इशान्त शर्मा र जसप्रित बुमराहले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्