onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्लोज क्यापमा छन् , आफ्नै जुत्ता थिएन ..

सलमान शाह (अनलाइन खेल खबर )। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कर्णाली प्रदेशका अनुज चनारा अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा रहेका छन् ।

विश्वकप छ्नोट अन्तर्गतको विश्वकप सुपर लिग -२ अन्तर्गत घरेलु टोली ओमानसहित नेपाल र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजका लागि अहिले बन्द प्रशिक्षणमा ३२ जना खेलाडीलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले बोलाएको छ ।

जसमा अनुजसँगै ४ नयाँ अनुहार पहिलो पटक टोलीमा समावेश रहेका छन् । जसमा प्रधानमन्त्री कपमा गण्डकी प्रदेशबाट खेलेका १५ वर्षिय ब्याट्सम्यान अर्जुन कुमाल , सुदुर पश्चिमबाट खेलेका खड्क बोहरा र प्रदेश २ बाट खेलेका विवेक यादव रहेका छन् ।

अहिले काठमाडौं कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भईसकेको अवस्था छ । यस्तोमा केहि सिनियर खेलाडी बाहेक अन्य धेरै खेलाडीहरु बन्द प्रशिक्षणमा जुटिसकेका पनि छन् ।

यसबीचमा कर्णालीबाट राम्रो प्रदर्शन गर्दै पहिलो पटक क्लोज क्याप(बन्द प्रशिक्षण )सम्म यात्रा तय गरिसकेका युवा तीब्र गतिका बलर अनुजको बारेमा हाम्रो खेलकुद डटकममा कार्यरत जो क्रिकेटलाई पछिल्लो समय निकै नजिकबाट नियाल्दै लेख्ने गर्छन् । उनै भुपेन्द्र जिसीले आईतबार प्रकाशित गरेको कभर स्टोरीले धेरैलाई भाबुक समेत बनाएको छ ।

राष्ट्रिय प्रतियोगिता देखि राष्ट्रिय टोलीको ढोका ढकढकाई रहँदा उनको क्रिकेटका लागि गरेको संघर्ष आफैमा महानत्वम देखियो । अवस्था यस्तो छ कि उनिसँग खेल सामाग्रीको त कुरा छोडौं । खेल्नका लागि एउटा गतिलो जुत्ता पनि छैन । यसले पनि पुष्टाई गर्छ अनुजका संघर्षका दिनहरु ।

स्थायी रुपमा कर्णाली प्रदेशको आफैमा विकट मानिने जाजरकोटका अनुज भारतमा बस्दै आएका थिए । तर पछिल्लो केही वर्ष देखि उनि नेपालमै रहेका छन् । र क्रिकेटमा भविस्य खोज्दै छन् ।

तर भविस्य खोज्दै गर्दा यात्राहरु उनका लागि सहज छैन् । भारतमा मजदुरी गरेर आफ्नो जिविका निर्वाह गरिरहनु भएका उनका आमा बुवालाई उनले क्रिकेट सामाग्री किनु दिनुस न भन्न सक्ने अवस्था पनि छैन् । क्रिकेट आफैमा महँगो खेल त्यस माथि सामाग्री पनि उत्तिकै महँगा । जिवनयापन नै गर्न गाह्रो भईरहेको अवस्थामा उनलाई परिवारको अवस्था थाहा छ । उनले अवस्था राम्रोसँग बुझेका पनि छन् । परिवारलाई क्रिकेटका बारेमा केहि थाहा छैन ।

थाहा होस् पनि कसरी उनको अभिभावक जिन्दगीको संघर्ष भन्दा माथि उठ्नै सकेका छैनन् । जुन कुरा अनुजलाई राम्रोसँग थाहा छ । त्यसैले जनतन आफ्नो क्रिकेट यात्रालाई अगाडि बढाएका छन् ।

तर अहिले उनिमा पनि एउटा आशा पलाएर आएको छ । क्रिकेटकै लागि परिवारलाई चित्त दुखाएर केही गर्छु भन्ने अठोट बोलेका अनुजका लागि बल्ल केही हदसम्म भएपनि मुस्कुराउन माध्यम बनेको छ । लामो समयपछि होला सायद उनि खुशी छन् । तर उनको भित्री जस्तो अवस्था भएपनि मैदान भित्र भने त्यो देख्न सकिदैनथ्यो । जुन कुरा नै अनुजको सबैभन्दा बलियो पक्ष पनि हो । संघर्षसँग भागेको भए सायद अनुज आज यस स्थितिमा हुने थिएनन् पनि होला ।

क्लोज क्यापमा पर्न साथ उनका संघर्षका दिनहरु सकिएलान त ,भन्न गार्हो छ । सायद उनका लागि यो ट्रनिङ पोईन्ट नि हुन् सक्छ । यसपटक नयाँ प्रशिक्षक आएका छन् । प्रतिभाबाट प्रभावित हुने संभावना पनि नभएको होईन । त्यसको झल्को ३२ सदस्यीय प्रारम्भिक टोलीले पनि देखाउँछ ।

यसरी क्रिकेट खेलका माध्यमबाट देशका लागि केही गर्नु छ भन्ने अनुजलाई प्रतिभा हुँदा हुँदै अन्य दैनिकी जिवनका बारेमा सोच्नु परिरहेको छ । अहिले उनि चितवनमा बस्ने गर्छन् । जसमा भान्जा नरेन्द्रले साथ सहयोग रहदै आएको छ ।

नरेन्द्रले उनको प्रतिभा देखेका छन् । उनलाई लाग्छ अनुजमा प्रतिभा छ । केही गर्न सक्ने क्षमता छ । त्यसैले सदैभ अनुजलाई उनले हौसला दिईरहन्छन । जुन उनलाई नेपालमा टिक्नका लागि केही सहयोग मिलेको छ ।

मन हुँदा हुँदै अझै अनुजका लागि उनले पनि गर्न सकिरहेका छैनन् । जुन अनुजलाई पनि थाहा छ । त्यसैले त उनले आधार गर्छन् ।

क्रिकेट यात्रा चल्दै छ । चितवन आए। पहिलो पटक एकेडेमीमा भर्ना भए ।आर्थिक अवस्थाका कारण भारतमा त्यो सम्भव थिइन् ।घरबाट पठाईदिने पैसा एकेडेमी र कोठा भाडा समेत तिर्न पुग्दैन ।

एकेडेमीमा भर्ना भएसँगै उनले लगत्तै कर्णाली बाट इनरुवामा भएको अघिल्लो संस्करणको मनमोहन कप खेल्ने । जुन उनको पहिलो राष्ट्रिय प्रतियोगिता समेत हो । जहाँ उनको प्रदर्शन सोचे अनुरुप भएन । उनि आफ्नो प्रदर्शनबाट संतोषजनक थिएनन् । एक किसिमले उनलाई आफै प्रति दुखि बनायो । तर त्यसलाई उनले हाबी हुन् दिएनन् र क्रिकेटलाई निरन्तरता दिंदै आए । हो त्यहीँ मेहनत र लगाभको परिणाम अहिले देखिएको हो ।

साच्चिकै भन्नू पर्दा टिम छ्नोटकर्ता र प्रशिक्षकलाई धन्यवाद दिनै पर्छ । सायद स्वयम् उनिका लागि पनि कल्पना बाहिरको कुरा थियो । जुन भएको छ। त्यो उनका लागि पनि सुखद छ र सिगों क्रिकेटका लागि पनि ।

अब भने यी यस्ता प्रतिभालाई चिनेर मात्र हुँदैन । उसको दुखमा पनि साथ दिने हौसला प्रदान गर्ने अभिभावक बनिदिनु पर्छ । क्रिकेटको अभिभावक संस्था क्यानले यी यस्ता प्रतिभामाथि लगानी गर्न आवस्यक छ । नतिजाको आश मात्र गरिरहने क्यानले नतिजा पाउनु छ भने यी यस्ता प्रतिभाप्रति विशेष योजनासहित लगानी गर्न सुरु गर्नै पर्छ ।

राष्ट्रिय प्रतियोगितामा त कुरै छोडौं । नेपालमा प्रतियोगिता कसरी आयोजना हुँदै आएका छन् । त्यो सबैलाई थाहा भएकै कुरा हो । यहाँ प्रतियोगिता गर्ने र हतार- हतारमा सकाउने भन्दामाथि सम्बधित संस्था उठनै सकेको छैन ।

अरु त परैको कुरा होला । क्यापमा समेत परेको खेलाडी जो सँग खेल्ने राम्रो जुत्ता छैन । त्यसलाई क्यानले विषेश सहयोग गर्नु पर्ने होईन । अभिभावक भनिरहने अनि यी यस्तै बेला जिम्मेवारी अभिभावकले पूरा गर्नु पर्दैन । खेलाडीको पीडा र दुखलाई बुझ्नु पर्दैन । यहाँ पदमा बसेर ठुला ठुला गफ हाक्ने र करौडौंका भाषण गरिरहनु भन्दा पहिले नेपाली खेलाडीको वास्तविकता के छ त्यो बुझेर अगाडि बढियो भने साच्चिकै नेपालले सोचेको क्रिकेट सफलताका लागि मार्गदर्शन बन्ने थियो ।

यसबीचमा अनिल अधिकारीले साच्चिकै मनकारी कदम अगाडि बढाएका छन् । जो अनुजको बारेमा कुरा थाहा पाएपछि तत्कालका लागि उनले जुत्ताका लागि नगद १५ हजार सहयोग गरेका छन् । कल्पना गर्नुहोस भोकाएको बेला कसैले लौं यो खाउंँ भन्छ भन्ने त्यो भन्दा ठूलो सहयोग केही हुँदैन ।र त्यो कुरा अहिले अनिलले गरेका छन् ।