onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एसिया कप छनोट प्रतियोगिता मा नेपाल को पहिलो जित

भदौ १६ , अनलाईन खेलखबर || मलेसिया मा जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल ले पहिलो जित आयोजक मलेसिया विरुद्ध १९ रनले हासिल गरेको छ । यसअघि का २ खेल मा लगातार हार ब्यहोरेको नेपाल लाई प्रतियोगिता मा रहिरहन आजको खेल जित्नै पर्ने दबाव थियो ।

वर्षा ले प्रभावित बन्न पुगेको खेल मा नेपाल ले दिएको १ सय ८९ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको आयोजक मलेसिया ले निर्धारित ३० ओवर मा ९ बिकेट गुमाएर १ सय ६९ रन बनाउन सफल हुदाँ नेपाल सगँ पराजित हुन पुग्यो । मलेसिया का लागि अनवर अरुद्दिन ले र सयद अजिज ले समान ३४/३४ रन बनाए भने कप्तान अहमद फजिज ले २२ रनको योगदान गरे ।

यता नेपाल लाई प्रतियोगिता को पहिलो जित दिलाउने क्रम मा बसन्त रेग्मी ले ३ बिकेट लिए भने सोमपाल कामी र सन्दिप लामिछाने ले २/२ बिकेट लिए भने सागर र दीपेन्द्र ले पनि १/१ बिकेट हात पारे ।

यसअघि गर या मर खेलमा नेपाल ले पहिले टस हारेर ब्याटिङ गरेको थियो । वर्षा ले खेल प्रभावित गर्न पुगेपछी खेल ३० ओवर मा घटाएर खेलाईएको थियो । जसअनुसार निर्धारित ३० ओवर पुरै ब्याटिङ गर्दै नेपाल ले ७ बिकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

आज नेपाल ले निकै खराब सुरुवात गरेको भए पनि नेपालको पारी सम्हाल्ने क्रममा चौंथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र सिंह ऐरी र आरिफ शेखको सातौं विकेटका लागि ८८ बलमा १०१ रनको साझेदारीमा नेपाल ले १ सय ८८ रन बनाएको हो । १२.५ ओवर सम्म आईपुग्दा नेपाल ले मात्र ६० रन बनाउदाँ आफ्नो महत्त्वपूर्ण ५ बिकेट गुमाउदै टिम दबाब मा आईसकेको अवस्था थियो तर आरिफ र दीपेन्द्र ले राम्रो साझेदारी गरेपछी टिम ठूलो स्कोर तर्फ अग्रसर हुन पुगेको थियो । जस मा आरिफ ले अबिजित ६४ रनको पारी खेले उनले ४८ बलको सामना गर्दै ५ चौका र २ छ्क्का समेत प्रहार गरे यस्तै ले दिपेन्द्रले ५१ बल मा ५४ रनको पारी खेले ।

खराब सुरुवात दिने क्रम मा नेपाल का ओपनर अनिल कुमार शाह ले मात्र १६ रन बनाएर आउट हुन पुग्दा अर्सुबाश खकुरेल ले ९ रन मात्रै बनाए । यस्तै कप्तान पारस खडका र उपकप्तान ज्ञानेन्द्र मल्ल ले टिम का लागि समान १३/१३ रन को योगदान दिदाँ बसन्त रेग्मी ६ रन मा अबिजित रहे ।


लगातार दुई खेल ओमान र युएई सगँ पराजित भए सगै आज नेपाली टोलि ले २ खेलाडी लाई परिवर्तन गरेको थियो । तिब्र गतिका बलर करण केसी र मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेल को स्थान मा ललित सिंह भण्डारी र अनिल कुमार शाह लाई अन्तिम ११ मा समाबेश गरिएको थियो ।

आज को जित सगै नेपाल ले प्रतियोगिता मा रहिरहने छ भोलि नेपाल ले सिगापुर को सामना गर्ने छ । यदि बाकी २ खेल जितेमा नेपाल को सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्