onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतको खराब ब्याटिङ : झिनो स्कोरमै सिमित

एजेन्सी । तल्लो क्रममा ब्याट्सम्यान वासिंङटन सुन्दरले सानदार ब्याटिङ गरेपनि इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा घरेलु टोली भारतले आफ्नो पहिलो इनिङ्समा ९५.५ ओभरमा अलआउट हुँदै ३ सय ३७ रनमा सिमित हुन् पुग्यो ।

टेष्टको चौथों दिनसम्म आईपुग्दा भारतले पहिलो इनिङ्समा उक्त रन बनाउने क्रममा उसका लागि तल्लो क्रममा ब्याटिङ गर्न आएका वासिंङटन सुन्दरले ८५ रनको योगदान गरे । अविजित रहेका उनले १ सय ३८ बलको सामना गरेका उनले १२ चौका र २ छ्क्कासहित उक्त रन बनाए ।

त्यसअघि अघिल्लो दिन भारतका लागि चेतेश्वर पुजाराले ७३ रन बनाउदा विकेट किपर ब्याट्सम्यान रिषभ पन्तले ९१ रन बनाएका थिए । अन्ततः रिषभकै उक्त पारी इनिङ्सकै सर्वाधिक ठूलो रन हुन् पुग्यो ।

यी बाहेक ओपनर ब्याट्सम्यान सुभमन गिलले २९ रन , आश्विनले ३१ रन बनाउदा कप्तान विराट कोहली ११ रन बनाएर आउट हुन् पुगे । यस्तै अर्का भरपर्दा ओपनर ब्याट्सम्यान रोहित शर्मा पनि ब्यक्तिगत ६ रनमा पभेलियन फर्किएका थिए ।

बलिङतर्फ इंग्ल्यान्डका डोमिनिक बेसले सर्वाधिक ४ तथा जेम्स एंडरसन, जोफ्रा आर्चर र ज्याक लीचले २-२ विकेट हात पारे ।

त्यसअघि शुक्रबार देखि चेन्नईमा सुरु भएको टेष्टमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्स ५ सय ७८ रन बनाएको थियो । टिमले उक्त स्कोर खडा गर्ने क्रममा कप्तान जो रुटले सर्वाधिक २ सय १८ रनको योगदान गर्दा डोमिनिक सिब्लेले ८७ रन तथा बेन स्टोक्सले ८२ रनको योगदान गरेका थिए ।

बलिङतर्फ भारतका जसप्रित बुमराह र आश्विनले समान ३ विकेट हात पार्दा इशान्त शर्मा र शाहबाज नदीमले पनि २-२ विकेट हात पारे ।

यो सँगै खेलमा अहिले दोस्रो इनिङ्स सुरु गरेको इंग्ल्यान्डले लन्च ब्रेकसम्म २ ओभरमा १ विकेट गुमाएर १ रन बनाएको छ । र समग्रमा भारतमाथि इंग्ल्यान्ड २ सय ४२ रनले अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्