onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विराट र रोहित सस्तैमा आउट हुँदा भारत निकै पछि

एजेन्सी । भारत र इंग्ल्यान्डबीचको पहिलो टेष्ट खेलमा घरेलु टोली भारत तेस्रो दिनको समाप्ति सम्ममा ३ सय २१ रनले पछि परेको अवस्था छ ।

चेन्नईस्थित एमए चिदंबरम रंगशालामा इंग्ल्यान्डलाई ५ सय ७८ रनमा अलआउट गर्दै आफ्नो इनिङ्सको सुरुवात गरेको भारतले हालसम्ममा ७४ ओभरमा ६ विकेट गुमाएर २ सय ५७ रन बनाएको छ । क्रिजमा वासिङट्न सुन्दर ३३ रन र रविचंद्रन आश्विन ८ रन बनाएर रहेका छन् ।

उसका लागि विकेट किपर ब्याट्सम्यान रिषभ पन्तले ८८ बलको सामना गर्दै ९ चौका र ५ छ्क्काको सहयोगमा ९१ रनको योगदान गरे । यस्तै चेतेश्वर पुजाराको पारी पनि सम्झनालायक रहयो । जस अन्तर्गत उनले डोमिनिक बेसको बलमा क्याच आउट हुनुअघि १ सय ४३ बलमा ११ चौकासहित ७३ रनको योगदान गरे ।

त्यसअघि ३.३ ओभरमा टिमको स्कोर मात्र १९ रन हुँदा टिमले ओपनर ब्याट्सम्यान रोहित शर्मा लाई पहिलो विकेटका रुपमा मात्र ६ रनमा गुमाएको थियो । यस्तै अर्का ओपनर सुभमन गिलले पनि ठूलो पारी खेल्न सकेनन् । उनले टिमका लागि २९ रन थप्दा कप्तान विराट कोहलीले ११ रन बनाए । भने अजिंक्य रहाणे १ रन बनाएर आउट हुन् पुगे ।

बलिङतर्फ अहिलेसम्म इंग्ल्यान्डका डोमिनिक बेसले ४ विकेट लिईसकेका छन् । भने जोफ्रा आर्चरले २ विकेट लिएका छन् ।
यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो पारीमा इंग्ल्यान्डले विशाल स्कोर खडा गर्ने क्रममा उसका लागि कप्तान जो रुटले सानदार ब्याटिङ गरे । ३ सय ७७ बलको सामना गरेका उनले १९ चौका र २ छ्क्काको मद्धतमा २ सय १८ रन बनाएका थिए ।

यस्तै ओपनर ब्याट्सम्यान डोमिनिक सिब्लेले ८७ रन बनाउँदा बेन स्टोक्सले ८२ तथा ओली पोप र डोमिनिक बेसले ३४-३४ रन बनाएका थिए ।

बलिङतर्फ भारतका आश्विन र जसप्रित बुमराहले ३-३ विकेट हात पार्दा इशान्त शर्मा र शाहबाज नदीमले पनि २-२ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्