onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सिड्नीले उचाल्यो तेस्रो पटक बिग ब्यासको उपाधि

एजेन्सी । तीन पटकको च्याम्पियन पर्थ स्कर्चर्सलाई हराउँदै सिड्नी सिक्सर्सले १० औं संस्करणको बिग ब्यासको उपाधि उचालेको छ ।

सिड्नीले उपाधि उचाल्ने क्रममा पर्थलाई २७ रनले पराजित गर्यो । यो सँगै सिड्नी तेस्रो पटक च्याम्पियन बनेको छ । यसअघि सिड्नीले सन् २०११ मा भएको पहिलो संस्करण र अघिल्लो संस्करणमा पनि उपाधि उचालेको थियो ।

शनिबार भएको फाइनल खेलमा सिड्नीले प्रस्तुत गरेको १ सय ८९ रनको ठूलो लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको पर्थ निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रनमा सिमित हुन् पुगेपछि सिड्नीलाई तेस्रोपटक च्याम्पियन बन्न प्रयाप्त बन्यो ।

पर्थका लागि लियाम लिभिंगस्टोनले सर्वाधिक ४५ रनको योगदान गर्दा ओपनर ब्याट्सम्यान क्यामेरोन बैक्रोफ्टले ३० रन ,आरोन हार्डीले २६ तथा विकेट किपर ब्याट्सम्यान जोश इंगलिसले २२ रन बनाएका थिए ।

बलिङतर्फ सिड्नीका लागि बेन द्वारशुइसले ३ विकेट हात पार्दा जैक्सन बर्ड ,सीन एबोट डेनियल क्रिश्चियनले २-२ विकेट लिएका थिए ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले निर्धारित २० ओभर पूरै सामना गर्दै ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

उसका लागि ओपनर ब्याट्सम्यान जेम्स भिन्सले उत्कृष्ट प्रदर्शन गरे । ६० बलको सामना गरेका उनले १० चौका र ३ छ्क्काको मद्धतमा ९५ रनको योगदान गरेका थिए । यी बाहेक टिमका लागि डेनियल क्रिश्चियनले पनि २० रन बनाउँदा कप्तान मोइसेस हेनरिक्सले १८ रन थपेका थिए ।

बलिङतर्फ पर्थका लागि झ्ये रिचर्डसन र एन्ड्र्यू टायले २-२ विकेट लिए। भने फवाद अहमदले पनि १ विकेट लिन सफल भए ।

प्रतिक्रिया दिनुहोस्