onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डेब्युमा कुशलको राम्रो प्रदर्शन : टिम पनि तेस्रो हुन् सफल

एजेन्सी । टि -१० लिगमा टिम आबुधाबी तेस्तोस्थानमा रहदै यस संस्करणको समापन गरेको छ । शनिबार राती तेस्रो स्थानका लागि भएको खेलमा कलन्दर्सलाई २१ रनले पराजित गरेसँगै आबुधाबी तेस्रो स्थानमा रहदै प्रतियोगिताको समापन गरेको हो ।

खेलमा आबुधाबीले प्रस्तुत गरेको १ सय २५ रनको लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कलन्दर्स निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय ३ रनमा सिमित हुँदा आबुधाबीलाई प्रतियोगितामा तेस्रो हुन् प्रयाप्त बन्यो ।

कलन्दर्सका लागि ओपनर ब्याट्सम्यान डेनियल बेल ड्रममण्डले सर्वाधिक ठूलो पारी खेले ।१९ बलको सामना गरेका उनले ५ चौका र ३ छ्क्कासहित ४६ रनको योगदान गरेका थिए ।

यस्तै टोलीका लागि कप्तान सोहेल अख्तरले १७ तथा बेन डंकले १३ रन बनाएका थिए ।

बलिङतर्फ आबुधाबीका लागि रोहन मुस्तफाले २ तथा जेमी ओभरटन, कार्तिक मयप्पन र ओबेड म्याकोयोले १-१ विकेट लिएका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको टिम आबुधाबीले निर्धारित १० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो।

उसका लागि नजिबुल्ला जार्दनले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले १६ बलमा ५ चौका र २ छ्क्काको मद्धतमा ४५ रन बनाएका थिए ।

यस्तै ओपनर ब्याट्सम्यान पल स्टर्लिङ र लियोनार्डो जुलियनले क्रमशः २६ र १९ रनको योगदान गर्दा नेपालका कुशल मल्लले पनि डेब्यु खेलमै १८ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले मोहम्मद जाहिदको बलमा आउट हुनुअघि १२ बलमा १ चौका र १ छ्क्काको मद्धतमा उक्त रन बनाएका थिए ।

बलिङतर्फ कलन्दर्सका मोहम्मद जाहिदले २ तथा अलि खान , खुरसिद अनवर , दान्याल अहमद र सोहेल तनविरले पनि १-१ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्