onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएल अक्सनमा सन्दिप, कुशल र दीपेन्द्रसहित नेपालका ८ खेलाडी छ्नोट

एजेन्सी । फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल ) को अक्सनमा नेपालका आठ खेलाडीहरु समावेश भएका छन् ।

आईपीएलले शुक्रबार जारी गरेको सूची अनुसार यस पटकको अक्सनमा नेपालका ८ खेलाडी रहेका छन् । जसमा सन्दीप लामिछानेसहित विनोद भण्डारी , करण केसी , सोमपाल कामी , कुशल मल्ल , शरद भेषावकर , अविनाश बोहरा र दीपेन्द्र सिंह एरी रहेका छन् ।

यसपटकको महा – अक्सनमा कुल १ हजार ९७ खेलाडी दर्ता भएका छन् । जसमा ८ सय १४ भारतीय रहँदा २ सय ८३ विदेशी खेलाडी छन् । जसमा एसोसिएटबाट मात्रै २७ खेलाडी रहेका छन् ।

जस अन्तर्गत एसोसिएटमा सर्वाधिक युएईका ९ खेलाडी रहँदा स्कटयान्डबाट ७ ,अमेरिकाबाट २ र नेदरल्यान्डबाट १ खेलाडी अक्सनमा छन् ।

यस्तै पूर्ण सदस्यबाट सर्वाधिक वेस्ट इन्डिजका रहेका छन । यसपटकको अक्सनमा वेस्ट इन्डिजका ५६ खेलाडीको बोली लाग्ने छ। यस्तै सूचीमा अष्ट्रेलियाबाट ४२, दक्षिण अफ्रिकाबाट ३८,श्रीलंकाबाट ३१,अफगानिस्तानबाट ३०, न्युजिल्यान्डबाट २९,इंग्ल्यान्डबाट २१, बंगलादेशबाट ५ रहँदा आयरल्यान्ड र जिम्बाबेबाट २-२ खेलाडी रहेका छन् ।

अक्सनमार्फत एक फेन्चाईज टोलीले कम्तिमा १८ देखि २५ खेलाडी राख्न पाउने प्राबधान रहेको छ । जसमा विदेशी ८ खेलाडीसम्म टिमले भित्राउन पाउने छ ।

यता यसपटक अक्सनको लागि सन्दीपलाई दिल्लीले फुकुवा गरिसकेको अवस्था थियो । सन् २०१८ मा भारतीय २० लाखमा अक्सनमार्फत सन्दीपलाई भित्राएको थियो । आईपीएलको तीन संस्करण खेलिसकेका सन्दीपले आईपीएलमा कुल ९ खेलबाट १३ विकेट लिई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्