onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कप्तान रुटको लगातार तेस्रो शतक

एजेन्सी । विश्व टेष्ट क्रिकेटमा इंग्ल्यान्डका कप्तान जो रुटले लगातार तेस्रो शतकीय पारी खेलेका छन् । भारत भ्रमणमा रहेको इंग्ल्यान्ड र घरेलु टोली भारतबीच चेन्नईमा जारी पहिलो टेष्टको पहिलो दिनमै रुटले शतक पूरा गरेका हुन् ।

यो रुटको १०० औं टेष्ट खेल समेत हो । यसअघि रुटले जनवरीमा श्रीलंकाविरुद्ध पहिलो टेष्टमा २ सय २८ तथा दोस्रो टेष्टमा १ सय ८६ रन बनाएका छन् । यो सँगै रुट टेष्ट क्रिकेटमा ९८,९९ र १०० औं खेलमा शतक पूरा गर्ने विश्वका पहिलो र १ सय टेष्टमा शतक बनाउने विश्वका नवौं खेलाडी समेत बनेका छन् ।

सन् २०१२ मा भारतविरुद्ध टेष्ट खेल्दै क्रिकेटिङ यात्रा तय गरेका रुटले यो सँगै आफ्नो शतक सङ्ख्या २० पूराएका छन् ।

यता टोलीले पनि पहिलो दिनको तेस्रो सेसनसम्म आईपुग्दा राम्रो प्रदर्शन गरिरहेको छ । जस अन्तर्गत इंग्ल्यान्डले मात्र २ विकेट गुमाएर २ सय ५० रन पनि पूरा गरिसक्दा मैदानमा रहेका रुट १ सय १८ मा र डोमिनिक सिब्ले ८५ रनमा खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्