onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाल र युएई को खेल जारी : नेपाल का लागि २५५ रनको बिजयी लक्ष्य

भदौ १४ , अनलाईन खेलखबर || मलेसिया मा जारी एसिया कप छ्नोट प्रतियोगिता मा अहिले नेपाल ले युएई को सामना गरिरहेको छ ।

किनरारा एकेडेमी ओभल क्वालालम्पुर मलेसिया मा जारी खेल मा टस हारेर युएई ले पहिले ब्याटिङ गरेको छ ।

निर्धारित ५० ओवर पुरै खेल्दै युएई ले ९ बिकेट गुमाएर २ सय ५४ रनको ठुलो योगफल खडा गरेको छ ।

सुरुवात राम्रो गरेको युएई ले पहिलो बिकेट १२.१ बिकेट मा टिम को स्कोर ७० रन हुदाँ असफाग अहमद लाई ४५ रन मा गुमाएको थियो उनी वसन्त रेग्मी को बल मा एल्बिडब्लु का सिकार हुन पुगे भने दोस्रो बिकेट रोहन मुस्तफा लाई १ रन मा टिमको स्कोर ७१ रन मा गुमाएको थियो । यसपछि युएई ले सम्हालिदै ब्याटिङ गर्दै अगाडि बढयो ।

युएई का लागि चिराग सुरिले सर्बाधिक ६५ रन को पारी खेल्दै टिम लाई ठूलो लक्ष्य तर्फ अग्रसर गराएका थिए । यस्तै रमिज सहजाद ले ३५ रनको योगदान गरे भने अद्नान मुफ्ती ले अबिजित ५७ रनको पारी खेले ।

बलिग तर्फ सन्दिप लामिछाने ले ४ बिकेट लिए उनले १० ओवर गर्दै २ ओवर मेडन राख्दै २४ रन खर्चिएका थिए ।यस्तै नेपाल का लागि सोमपाल कामी र बसन्त रेग्मी ले समान २/२ बिकेट हात पारे

यसअघि पहिलो खेल मा बुधवार ओमन सगँ पराजित भएको नेपाल का लागि प्रतियोगिता मा रहि रहन आजको खेल जित्नै पर्ने दबाब छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *