onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएलका हिरो राहुल तेवाटिया विवाह बन्धनमा बाँधिदै

एजेन्सी । युएईमा भएको १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल )मा राजस्थान रोयल्सबाट अदभुत प्रदर्शन गरेका राहुल तेवाटियाले रिद्धि पन्नुसँग ईगेन्जमेन्ट गरेका छन् ।

उनले आफ्नो गृह नगर हरियाणामा परिवार, नजिकका खास सुभचिन्तक र साथिहरुको उपस्थितिमा बुधबार ईगेन्जमेन्ट गरेका थिए । जसमा कोलकता नाइट राईडर्सबाट खेल्ने नितिश राणा लगायतको उपस्थिति रहेका थियो ।

जीवन साथी चयन गरेपछि उनलाई भारतिय क्रिकेटर तथा सुभचिन्तकहरुबाट बधाई तथा सुभकामना दिनेहरुको ओईरो लागेको छ । २७ वर्षिय राहुलले बिहे भने कहिले गर्नेछन् । त्यसबारे अहिलेसम्म पुष्टि गरेका छैनन् । सम्भवत चाडैंनै यो जोडी विवाह बन्धनमा बाँधिने छ ।

राहुलका लागि १३ औं संस्करणको आईपीएल निकै फलदायक सावित भयो। विषेशगरी उनले किंग्स इलाभेन पन्जावविरुद्ध खेलेको अर्धशतकीय पारीले उनलाई निकै चर्चा दिलायो । जस अन्तर्गत उनले प्रतियोगिताको नवौं खेलमा पन्जावविरुद्ध एकै ओभरमा ५ छ्क्का प्रहार गरेका थिए ।

शारजाह क्रिकेट रंगशालामा भएको उक्त खेलमा पन्जावले दिएको २ सय २४ रनको लक्ष्यलाई राजस्थानले ३ बल बाँकी रहदै ६ विकेट गुमाएर पूरा गरेको थियो । जसमा राहुल नायक सावित भएका थिए । चौथों नम्बरमा ब्याटिङ गर्न आएका उनले १८ औं ओभरमा उक्त अदभुत प्रदर्शन गर्दा गुमिसकेको खेल राजस्थानले ४ विकेटले जितेको थियो । जसमा बलिङ शेल्डन कटरेलले गरेका थिए ।

मात्र ३१ बलको सामना गरेका उनले ७ छ्क्काको सहयोगमा ५३ रन बनाएका थिए । यस पारीले उनलाई लेग स्पिनरबाट अलराउन्डर भूमिका दियो । त्यसको फलस्वरुप उनि प्रतियोगितामा राम्रो छाप छोड्न समेत सफल भए । त्यस क्रममा उनले २ सय ५५ रन बनाए भने १० विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्