onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कप्तान जो रुटको सय टेष्ट पूरा

एजेन्सी । इंग्ल्यान्ड क्रिकेट टिम अहिले भारत भ्रमणमा रहेको छ । जस अन्तर्गत इंग्ल्यान्ड र भारतबीच ४ खेलको टेष्ट , ३ एकदिवसीय र ५ खेलको टि – ट्वान्टी सिरिज हुनेछ ।

जस अनुसार घरेलु टोली भारत र पाहुना टोली इंग्ल्यान्डबीच पहिलो टेष्ट सुरु भईसकेको छ । चेन्नईस्थित एमए चिदंबरम रंगशालामा जारी खेलमा पाहुना टोली इंग्ल्यान्डले अहिले ब्याटिङ गरिरहेको अवस्था छ ।

यो सँगै इंग्ल्यान्डका कप्तान जो रुटको पनि आफ्नो करियरकै १ सय औं टेष्ट खेल पूरा हुन् पुगेको छ । इंग्ल्यान्ड टोलीका महत्वपूर्ण सदस्य समेत रहेका जो रुटले १ सय टेष्ट खेल्दै अहिले सम्म ८ हजार भन्दा बढी रन बनाईसकेका छन् । जसमा ४९ अर्धशतक र १९ शतक सामेल रहेको छ ।

सन् २०१२ मा भारतविरुद्धको टेष्ट बाट उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसपछि उनले पछि फर्केर हेर्नू परेको छैन । ३० वर्षिय ब्याट्सम्यान रुट अझै पनि उत्तिकै क्षमता राख्छन् ।

विश्वमा सर्वाधिक धेरै टेष्ट खेल्ने खेलाडीका रुपमा सचिन तेन्दुलकर रहेका छन् । उनले २ सय टेष्ट खेलेका थिए । भने दोस्रोमा अष्ट्रेलियाका रिकी पोन्टिङ रहेका छन् । उनले १ सय ६८ टेष्ट खेले । यस्तै तेस्रो नम्बरमा अष्ट्रेलियाकै स्टिभ वा रहेका छन् । उनले पनि १ सय ६८ टेष्ट खेले ।

यता इंग्ल्यान्डको हकमा टेष्टमा १ सय टेष्ट को आकडा पूरा गर्ने रुट ११ औं खेलाडी बनेका छन् । हालसम्म इंग्ल्यान्डबाट एलेस्टर कुकले सर्वाधिक धेरै टेष्ट खेलेका छन् ।दायाँ हाते ब्याट्सम्यान कुकले इंग्ल्यान्डबाट १ सय ६१ टेष्ट खेल्न सफल भए । जसमा उनले ३३ शतकसहित १२ हजार ४ सय ७२ रन समेत बनाएका छन् ।

यस्तै जो रुटले इंग्ल्यान्डबाट १ सय ४९ एकदिवसीय र ३२ टि – ट्वान्टी अन्तर्राष्ट्रिय समेत खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्