onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ओमान सिरिजका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा : १५ वर्षिय अर्जुनसहित ४ नयाँ खेलाडी समावेश

काठमाडौं (अनलाइन खेल खबर ) । यहीँ चैत्र ६ देखि १५ गतेसम्म ओमानमा हुन् गईरहेको ओमान , नेपाल र अमेरिका बीचको त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान ) ले ३२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

बिहिबार साझ क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै खेलाडीलाई बोलाईएको जानकारी गराएको छ । एकदिवसीय विश्वकप छ्नोट प्रक्रिया अन्तर्गतको विश्वकप सुपर लिग -२ अन्तर्गतको यो महत्वपूर्ण सिरिज हो ।

बन्द प्रशिक्षणमा हालै काठमाडौंमा भएको प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका केही युवा खेलाडीलाई समेट्दै बन्द प्रशिक्षणमा बोलाईएको छ ।

जसमा गण्डकी प्रदेशबाट राम्रो प्रदर्शन गरेका १५ वर्षिय ब्याट्सम्यान अर्जुन कुमाल देखि प्रधानमन्त्री कपका उदायमान खेलाडी विवेक यादव , अनुज चुनारार खड्क बोहरालाई पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाईएको छ ।

यस्तै बन्द प्रशिक्षणमा पृथु बास्कोटा,सौरभ खनाल,राजेश पुलामी मगर,रोहित कुमार पौडेल ,सुशन भारी,साहब आलम ,सन्दीप जोरा,कमल सिंह एरी,मोहम्मद आसिफ शेख ,हरि सङखर शाह , सुनिल धमला,कुशल भुर्तेल,ललित राजबम्शी,राम नरेश गिरी , कृष्ण कार्की,पवन सरार्फ रहेका छन् ।

यस्तै शरद भेषावकर ,अविनाश बोहरा,मोहम्मद आरिफ शेख , दीपेन्द्र सिँह एरी,सोमपाल कामी,कुशल मल्ल ,करण केसी,सन्दीप लामिछाने,विनोद भण्डारी,पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन् ।

बन्द प्रशिक्षण यहीँ शनिबारबाट सुरु हुनेछ । जहाँ पारस , कुशल ,करण,सोमपाल युएईमा टि-१० खेल्दै गरेको हुँदा सुरुवाती अवस्थामा अनुपस्थित रहेछन् । यस्तै अन्य केही सिनियर खेलाडीहरु पनि सुरुवाती चरणमा सहभागी नहुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्