onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पारसलाई एडिडासको साथ

काठमाडौं (अनलाइन खेल खबर ) । विश्व प्रसिद्ध खेलकुदसँगै अन्य विभिन्न सामाग्रीहरु उत्पादन गर्दै आएको बहुराष्ट्रिय निगम कम्पनी एडिडासले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा हालका महत्वपूर्ण सदस्य पारस खड्कालाई प्रायोजन गरेको छ ।

हाल युएईमा भईरहेको टि-१० लिगमा टिम आबुधाबीको मेन्टरको भूमिकामा रहेका पारसलाई एडिडासले युएईमा प्रायोजन गरेको हो । स्मरणीय रहोस टिम आबुधाबीसँग एडिडास पनि जोडिएको छ ।

जर्मनीमा मुख्य कार्यलय रहेको यस एडिडास युरोपको सबैभन्दा ठूलो खेलकुद सामाग्री निर्माता कम्पनी हो भने विश्वमा नाइके पछि दोस्रो ठूलो कम्पनी हो।

यो सँगै अब पारसले एडिडासले उत्पादन गरेका सामाग्रीहरु प्रयोगमा ल्याउने छन् । एडिडास र पारसबीच एक वर्षको लागि प्रायोजन सम्झौता भएको छ । यसअघि उनले एसएमले उत्पादन गर्दै आएको खेल सामाग्री प्रयोग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्