onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिनेश कार्तिक बने कप्तान : नटराजन पनि टोलीमा

एजेन्सी । भारतको लोकप्रिय घरेलु क्रिकेट प्रतियोगिता विजय हजारे ट्रफी एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विकेट किपर ब्याट्सम्यान दिनेश कार्तिकले पाँच पटकको च्याम्पियन तमिलनाडु टिमको नेतृत्व गर्ने भएका छन् ।

तमिलनाडु क्रिकेट एसोसिएसनले बुधबार घोषणा गरेको २० सदस्यीय टोलीमा नियमित कप्तान दिनेश कार्तिकलाई निरन्तरता दिईएको छ । यसअघि हालै उनकै कप्तानीमा तमिलनाडुले सैय्यद मुश्ताक अलि ट्रफीको उपाधि समेत उचालेको थियो ।

यस्तै टोलीमा टी – नटराजनलाई पनि समावेश गरिएको छ । अष्ट्रेलिया भ्रमणमा निकै राम्रो प्रदर्शन गरेका नटराजनलाई अहिले इंग्ल्यान्डविरुद्धको सिरिजका लागि राष्ट्रिय टोलीमा आराम दिईएको छ । यस्तोमा बायाँ हाते तीब्र गतिका बलर नटराजन यो प्रतियोगिता खेल्ने सम्भावना रहेको छ । जस अन्तर्गत उनि तमिलनाडु टोलीमा समेत समावेश भएका छन् । तर भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआई)ले उनलाई यस प्रतियोगिता खेल्न दिन्छ या दिदैन त्यो भने हेर्न बाँकी रहेको छ ।

यस्तै टोलीमा उप- कप्तानको जिम्मेवारी बाबा अपराजितले प्राप्त गरेका छन् । भने टोलीमा मनिमरन सिद्धार्थ,सोनू यादव, कृष्णमूर्ति विग्नेश,ए अश्विन,क्रिस्ट प्रदोष रंजन पॉल,जी पेरियासैमी,बाबा इंद्रजीत,के बी अरुण कार्तिक, सी हरि निशान्त,एम शाहरुख खान,नारायण जगदीशन,लक्ष्यमेशा सूर्यप्रकाश, एम कौशिक गान्धी,जे कौशिक,मुरुगन अश्विन, आर साईं किशोर र एम मोहम्मद रहेका छन् ।

यस संस्करणको विजय हजारे ट्रफी फेब्रुअरी १८ बाट सुरु गर्ने गरि बीसीसीआईले अहिले तयारी गर्दैछ । अघिल्लो संस्करणमा तमिलनाडु उप – विजेतामा सिमित हुन् पुगेको थियो । फाइनलमा तमिलनाडु कर्नाटकासँग ६० रनले पराजित हुन् पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्