onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

करण फेरी महँगा सावित

एजेन्सी । नेपालका अलराउन्डर करण केसी युएईमा जारी टि -१० लिगमा पुन: महँगा सावित हुन् पुगेका छन् ।

गएराति भएको खेलमा नर्थन वारियर्ससँग उनको टिम पुणे डेभिल्स ८ विकेटले पराजित हुँदा उनको बिर्सनलायक प्रदर्शन रहयो ।

खेलमा पुणेले प्रस्तुत गरेको ९८ रनको लक्ष्यलाई वारियर्सले ४.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई सानदार जित दिलाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान वासिम मुहम्मदले अर्धशतकीय पारी खेले । अविजित रहेका उनले मात्र १३ बलमा ३ चौका र ७ छ्क्कासहित ५६ रन बनाए ।

यस्तै अर्का ओपनर ब्रैंडन किंगले २० रन बनाउँदा रोवमैन पॉवेल १४ रनमा अविजित रहे ।

बलिङतर्फ पुणेका साम विस्न्यूस्कीले २ विकेट हात पार्दा नेपालका करण भने महँगा सावित हुन् पुगे । मात्र १ ओभर बलिङ गरेका उनले १९ रन खर्चिएका थिए । इनिङको तेस्रो ओभर बलिङ गरेका उनको पहिलो बलमा ब्रैंडन चौका प्रहार गरेका थिए । त्यसपछि अर्को बलमा पनि उनले चौका प्रहार गरे । तेस्रो बलमा भने करणले डट राख्न सफल भए । चौथों बलमा उनै ब्रैंडनले अर्को चौका प्रहार गर्दा पाँचौ बल छ्क्का हुन पुग्यो । र अन्तिम बलमा भने रन बन्न सकेन् ।

त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पुणेले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

उसका लागि कप्तान नासिर हुसेनले सर्वाधिक २७ रन बनाउँदा मध्य क्रमका ब्याट्सम्यान किन्नर लुईसले २४ रन र ओपनरद्वय टॉम कोहलर-कैडमोर र एलेक्स डेविसले क्रमशः २० र १८ रन बनाएका थिए । यस्तै करणले ९ बलमा मात्र ३ रन बनाए ।

बलिङतर्फ वारियर्सका लागि वेन पार्नेलले ३ तथा वहाब रियाजले २ र फैबियन एलेन र रयाद एमरिटले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्