onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गेलले छ्क्काको वर्षा गर्दा सोमपालको टिम अरेवियन्सको लज्जास्पद हार

एजेन्सी । क्रिस गेलले छ्क्का र चौकाको वर्षा गरेसँगै युएईमा जारी टि -१० लिगमा नेपालका सोमपाल कामीआबद्ध मराठा अरेवियन्स टिम टिम आबुधाबीसँग लज्जास्पद हार ब्यहोरेको छ ।

बुधबार राति भएको खेलमा मराठाले लज्जास्पद हार ब्यहोर्ने क्रममा टिम आबुधाबीसँग ९ विकेटले पराजित भएको थियो ।

खेलमा मराठाले प्रस्तुत गरेको ९८ रनको लक्ष्यलाई टिम आबुधाबीले ५. ३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई सानदार जित दिलाउन गेलनै काफी रहे । खेलको प्लेयर अफ द म्याच समेत रहेका उनले अविजित रहदै २२ बलमा ६ चौका र ९ छ्क्कासहित ८४ रन बनाए ।

यस्तै पल स्टर्लिङले ११ रन बनाउँदा जो क्लार्कले ५ रनमा अविजित रहे । 

बलिङतर्फ मराठाका लागि एक मात्र विकेट कप्तान मोसाद्देक हुसेन लिएका थिए । यता नेपालका सोमपाल पनि महँगो सावित हुन् पुगे । मात्र १ ओभर बलिङ गरेका उनले २७ रन खर्चिए ।

इनिङको दोस्रो ओभरमा बलिङ गरेका सोमपालको ओभरमा स्टर्लिङले सुरुवाती २ बलमा चौका प्रहार गरे । त्यसपछि तेस्रो बलमा एक रन लिदै स्टर्लिङले गेललाई स्ट्राईक दिए । त्यसपछि गेलले लगातार तीन छ्क्का प्रहार गरे ।

त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मराठाले निर्धारित १० ओभर पूरै ब्याटिङ गर्दै मात्र ४ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

उसका लागि ओपनर ब्याट्सम्यान अलिशान शराफूले सर्वाधिक ३३ रन तथा मोहम्मद हफिजले २० रन र मुख्तार अलिले १४ रन बनाउँदा शोएब मलिक १५ रनमा अविजित रहे ।

बलिङतर्फ टिम आबुधाबीका मैककॉयले २ तथा जेमी ओवरटन र नभिन उल हकले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्