onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ओली फर्किए

एजेन्सी । भारतविरुद्धको टेष्ट सिरिजका लागि इंग्ल्यान्डका युवा ब्याट्सम्यान ओली पोप टोलीमा थपिएका छन् ।

इंग्ल्यान्ड टोलीका आशालाग्दा खेलाडीको रुपमा अगाडि आएका ओली पोप अगस्टबाट टिम बाहिर रहेका थिए ।

अगस्ट २१ देखि २५ तारिखसम्म पाकिस्तान र इंग्ल्यान्डबीच साउथह्याम्प्टनमा भएको टेष्ट सिरिजको तेस्रो तथा अन्तिम खेलका दौरान चौथों दिन स्टुअर्ट ब्रडको बलमा चौका बचाउँने क्रममा ओली पोप चोटिल हुन् पुगेका थिए ।

त्यसबेला बायाँ हातको काधमा चोट बोक्न पुगेका उनको पछि सल्यक्रिया गर्न परेको थियो । चिकित्सकको सल्लाह अनुसार उनि यस समयसम्म आराम गरिरहेका थिए ।

यसबीचमा उनलाई चिकित्सकले खेल्न सक्ने बताएपछि उनि टोलीमा फर्किएका हुन् । २३ वर्षीय दायाँ हाते ब्याट्सम्यानले अब इंग्ल्यान्डको मध्य क्रमलाई सम्हाल्ने छन् ।

हालसम्म इंग्ल्यान्डबाट १३ टेष्ट मात्र खेलेका उनले ५ अर्धशतक र १ शतकसहित ६ सय ४५ रन बनाईसकेका छन् ।

यता भारत भ्रमणमा रहेको इंग्ल्यान्ड र घरेलु टोलीबीच सुरुमा ४ खेलको टेष्टको सिरिज हुनेछ । जसको सुरुवात यहीँ शुक्रबारबाट सुरु हुँदैछ । टेष्ट सिरिजपछि यी दुईबीच पाँच खेलको टि- ट्वान्टी र तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्