onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

न्युजिल्यान्ड फाइनलमा

एजेन्सी । न्युजिल्यान्ड आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भएको छ । मंगलबार अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच तय भएको तीन खेलको टेष्ट सिरिज कोभिड-१९ को प्रभावका कारण स्थगित हुन् पुगेपछि न्युजिल्यान्ड फाइनल पुगेको हो ।

सन् २०१९ देखि सुरु भएको टेष्ट च्याम्पियनसिपको फाइनल खेल जुन १८ देखि २२ सम्म इंग्ल्यान्डस्थित लर्ड्स क्रिकेट मैदानमा हुनेछ । च्याम्पियनसिपमा कुल ९ टोलीको सहभागिता रहेको थियो ।

अब फाइनलमा न्युजिल्यान्डसँग भारत , इंग्ल्यान्ड र अष्ट्रेलिया मध्य एकले भेट पक्का गर्ने प्रबल सम्भावना रहेको छ ।

हालसम्म भारत अंकतालिकामा ४ सय ३० अंकसहित शीर्ष स्थानमा रहेको छ । भने फाइनल पुगेको न्युजिल्यान्ड ४ सय २० अंकसहित दोस्रो स्थानमा रहँदा अष्ट्रेलियाले ३ सय ३२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

अब टेष्ट च्याम्पियनसिप अन्तर्गतनै भारत र इंग्ल्यान्डबीच ४ खेलको टेष्ट सिरिज हुनेछ । भारतमा हुने उक्त सिरिजको सुरुवात यहिँ शुक्रबारबाट हुँदैछ ।

यो सिरिजमा घरेलु टोली भारतले कम्तिमा २ खेल जितेमा भारत फाइनल पुग्नेछ । यदी यस्तो नभएमा भारत फाइनल दौडबाट बाहिरिने छ । भने इंग्ल्यान्डलाई तीन खेल जित्नु पर्नेछ ।

यता अष्ट्रेलियाको पनि फाइनल पुग्ने समीकरण यहीँ सिरिजले निर्धारण गर्नेछ । अष्ट्रेलिया फाइनलमा पुग्न इंग्ल्यान्डले ०-१ ,०-२ र १-२ ले र भारतले सिरिज १-० ले जितेमा या सिरिज बराबरीमा सकिएमा अष्ट्रेलिया फाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्