onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रतियोगिता को दाबेदार नेपाल पहिलो खेल मै ओमन सगँ पराजित : बाकी खेल नेपाल लाई जित्नै पर्ने दबाब

भदौ १३ , अनलाईन खेलखबर || प्रतियोगिता को उपाधि उचाल्दै आसन्न युएई मा हुने एसिया कप मा सहभागिता जनाउने लक्ष्य सहित मलेसिया प्रस्थान गरेको नेपाली क्रीकेट टोलि ले एसिया कप छ्नोट प्रतियोगिता को पहिलो खेल मै ओमन सगँ ७ बिकेट ले पराजित हुँदै प्रतियोगिता को सुरुवात हार सगैँ गरेको छ ।

आज भएको खेल मा नेपाल ले दिएको २ सय २२ रनको लक्ष्य ओमान ले ४८ ओभरमा ३ विकेट गुमाउदै भेटाएको थियो । ओमन लाई ७ बिकेट ले बिजयी दिलाउने क्रम मा खवर अलिले सर्बाधिक नटआउट ८४ रन बनाए । यस्तै ओमनको जितमा जिसान माक्ससुड को पनि अबिजित ४५ रनको महत्त्वपूर्ण पारी रहयो । साथै भैवव वाटेगौनकारले ४१ , जतिन्दर सिंह ३० तथा अकिव इल्यासले १६ रन बनाएका थिए ।

बलिग तर्फ नेपाल का लागि पारस खड्काले एक विकेट लिन सफल भए ।

यसअघि मलेसिया को क्वालालम्पुरस्थित बायुमास ओभल क्रीकेट मैदान मा पहिले टस हारेर ब्याटिङ मा उत्रिएको नेपाल ले निर्धारित ५० ओवर पुरै खेल्दै खेल्दै ९ विकेट गुमाएर २ सय २१ रन को सम्मानजनक स्कोर खडा गर्न सफल भएको थियो ।

नेपाल लाई सम्मानजनक योगफल तयार गर्न लामो समय टिम बाट बाहिर रहेका र यसै प्रतियोगिता बाट टिम मा पूनरागमन गरेका सागर पुनले सर्बाधिक ८३ रनको योगदान दिए । उनले ८४ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गर्दै उक्त रन बनाएका थिए ।

सुरुवात देखि मध्यम लय मा देखिएको नेपाल को ब्याटिङ मा ओपनर ज्ञानेन्द्र मल्ल ले ४५ रन को महत्त्वपूर्ण पारी खेल्न सफल भएका थिए । यस्तै आरिफ शेख ३६ रन बनाए भने करण केसी ले अबिजित २६ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यान चल्न नसक्दा नेपाल ले स्कोर सम्मानजनक मात्र बनाउन सक्यो । खेलका अर्का ओपनर सुबास खकुरेल ४ रन बनाउदा कप्तान पारस खड्का ले ८ रन बनाए यस्तै दीपेन्द्रसिह ऐरीले ९ रन बनाउदा सोमपाल कामी ले मात्र ५ रन बनाउदा आउट हुन पुगे ।


ओमानका लागि अजय लालचेटा, मोहम्मद नदिम र विलाल खानले समान २/२ विकेट लिए ।

नेपालले अब प्रतियोगिता को दोस्रो खेल भोलि युएईंसँग खेल्नेछ । पहिलो खेलमा पराजित हुन पुगेको हुदां अब प्रतियोगिता को फाईनल सम्म पुग्न बाकी खेल नेपाल का लागि निकै महत्त्वपूर्ण रहने छ ।

सेप्टेम्बर १३ देखि २८ तारिख सम्म मा युएई मा हुन लागेको एसिया कप मा एसिया का टेस्ट मान्यता प्राप्त देश भारत, पाकिस्तान , बङलादेश , श्रीलंका र अफगानिस्तान खेल्नेछ्न भने एक एसोसियट टिम यस छ्नोट प्रतियोगिता बाट छानिने छ । छ्नोट खेल मा सहभागिता जनाउने नेपाल सहित युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमान बिच बाट प्रतियोगिता को बिजेता ले युएई को टिकट पक्का गर्ने छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *