onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीपले द हन्ड्रेड खेल्ने पक्का

एजेन्सी । ईङल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्न लागेको द हन्ड्रेड अर्थात १ सय बलको क्रिकेट प्रतियोगितामा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने खेल्ने पक्का भएको छ ।

उनलाई उनि आबद्ध ओभल इन्भीनसिभल्सले रिटेन गरेसँगै उनि प्रतियोगिता खेल्ने पक्का भएको हो ।

अघिल्लो वर्ष जुलाईमा पहिलो संस्करण आयोजना हुने भनिएको भएतापनि कोभिड-१९ का कारण प्रतियोगिता स्थगित हुन् पुगेको थियो ।

त्यसबेला सन्दीपलाई टिमले ड्राफ्टमार्फत एक लाख पाउण्ड अर्थात लगभग नेपाली १ करोड ५० लाख जतिमा टिममा अनुबन्धित गरेको थियो ।

यता सन्दीप अहिले स्वदेशमै रहेका छन् । हालै अष्ट्रेलियाको उच्च लिग बिग ब्यास (बीबीएल) खेलेर उनि केही दिनअघि मात्र नेपाल आएका थिए । होबार्ट हरिकेन्समा आबद्ध सन्दीपले टिमका पछिल्ला ८ खेलमा लगातार खेल्दै ८ विकेट लिन सफल भएका थिए ।

अब उनले एकदिवसीय विश्वकप छ्नोट प्रतियोगिता अन्तर्गतको विश्वकप सुपर लिग -२ अन्तर्गत ओमानमा हुने त्रिकोणात्मक सिरिज खेल्नेछन् । जहाँ घरेलु टोली ओमानसँगै नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । सिरिज चैत्र ६ देखि १५ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्