onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौं मेयर्स कप क्रिकेट हुने

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा काठमाडौं मेयर्स कप एकदिवसिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

त्यसका लागि मंगलबार काठमाडौं महानगर पालिकाका प्रमुख विद्या सुन्दर शाक्य र नेपाल क्रिकेट संघ (क्यान ) का अध्यक्ष चतुरबहादुर चन्दबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौता अनुरुप महानगरपालिकाको निश्चित सर्तमाथि रहदै क्यानले प्रतियोगिता गर्नेछ । त्यसका लागि आर्थिकका रुपमा महानगरपालिकाले क्यानलाई नगद ५० लाख उपलब्ध गराउने छ ।

प्रतियोगिता कहिले गरिने भन्ने कुरामा क्यानले अहिले आन्तरिक तयारी गरिरहेको बताएको छ । त्यसका लागि क्यानसँग दुईवटा विकल्प रहेको छ । ओमानमा हुने त्रिकोणात्मक सिरिज पछि या अघि गर्ने भन्ने कुरामा क्यानले अबको २-३ दिनपछि जानकारी गराउने बताएको छ ।

सिरिज चैत्र ६ देखि १५ गतेसम्म हुने खेल तालिका रहेको छ । जसमा ओमानसहित नेपाल र अमेरिका खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्