onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

तयारी गर्दा गर्दै सिरिज नै स्थगित

काठमाडौ (अनलाइन खेल खबर )। कतार क्रिकेट एसोसिएसनको आमन्त्रणमा यहीँ माघ २७ देखि ३० गतेसम्म हुने भनिएको कतार र नेपालबीचको तीन खेलको टि – ट्वान्टी सिरिज स्थगित हुन् पुगेको छ ।

कतारको नेशनल स्पोर्ट्स डे को अवसरमा हुन लागेको यस सिरिज स्थगित हुनुको कारण कोरोना भाइरस ( कोभिड-१९ ) को प्रभाव रहेको नेपाल क्रिकेट संघ (क्यान ) ले सोमबार प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

कतार भ्रमणमा जाने तयारी सुरु गईसकेको नेपालले सोही भ्रमणका लागि १८ जनाको प्रारम्भिक टोलीको समेत घोषणा गरेको थियो । तर सिरिज सुरु हुन् ९ दिन बाँकी रहँदा कोभिडलाई देखाउँदै सिरिजनै स्थगित हुन् पुगेको हो ।

कोभिडको प्रभावका बीच विश्व क्रिकेटसँगै खेलकुदनै फर्किसकेको अवस्थामा कोभिडलाईनै ब्यहोरा देखाएर यो स्थितिमा आएर स्थगित गर्नु कत्तिको तर्कपूर्ण छ । त्यो सोचनिय विषय बनेको छ ।

यसबीचमा कतार क्रिकेट एसोसिएसन र क्यानबीच ब्यबस्थापकीय तालमेल सुरु देखि नदेखिएको यसले प्रष्ट देखाउँछ ।

स्पोर्ट्स डे को लागि भनेर कतार संस्कृति तथा खेलकुद मन्त्रालय तथा नेशनल स्पोर्ट्स डे कमिटिले त्यसका लागि केहि दिन अघि मात्र मापदण्ड तय गरेको थियो । जसमा विभिन्न मापदण्डका कुराहरु उल्लेख छ । साबधानिका कुराहरु भएपनि स्पोर्ट्स डे लाई पछिल्लो समयसम्म मनाउन रोकेको छैन ।

यत्ती हो पहिलेको वर्ष भन्दा यस वर्ष साबधानिका कुरामा व्यापक कडाई गरेको छ । जुन खर्चिलो पनि रहेको छ । होटेल,यातायात ,कोभिड टेस्ट लगायतका कुराहरुलाई कसरी ब्यबस्थापन गर्ने भनेर चाहिँ स्पष्ट तरिकाले कतार सरकारले उल्लेख गरेको छ ।

तर यहाँ क्यानले तयारी विना कतारसँग जसरी कुरा अगाडि बढायो । त्यसमाथि पनि प्रश्न उठेको छ । हचुवा र प्रस्ताव आएको भरमा विना गृहकार्य प्रस्ताव पारित गर्नुको परिणाम कतारले देखाईदिएको छ । यहाँ क्यान बस्तुस्थितीबाट टाढा रहदै प्रस्तावमाथि हतारमा पारित गर्नतर्फ लाग्यो । जून ब्यबस्थापकीय कमजोरी पनि हो ।

प्रतिक्रिया दिनुहोस्