onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दीपेन्द्रलाई कप्तानी सुम्पिने तयारी

काठमाडौं (अनलाइन खेल खबर ) । माघ २७ देखि ३० सम्म कतार र नेपालबीच हुने तीन खेलको टि – ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको नेतृत्व दीपेन्द्र सिंह एरीलाई दिईने तयारी भएको छ ।

नियमित कप्तान ज्ञानेन्द्र मल्ललगायत सिनियर खेलाडीहरुलाई आराम दिईएको कतार भ्रमणमा जाने नेपाली टोलीको कप्तानी दीपेन्द्रलाई दिने नेपाल क्रिकेट संघ (क्यान ) ले सोच बनाएको छ ।

क्यानका एक पदाधिकारीका अनुसार टिमका उप – कप्तानको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका दीपेन्द्रले नियमित कप्तानको अनुपस्थितमा उनले कप्तानीको जिम्मेवारी निर्वाह गर्नेछन् ।

कतारको नेशनल स्पोर्ट्स डे को अवसरमा हुन गईरहेको यस सिरिजका लागि नेपालले आफ्नो प्रारम्भिक टोलीको समेत घोषणा गरेको छ । जसमा हालै प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा राम्रो प्रभाव छोड्न सफल युवा खेलाडी र अनुभवीको मिश्रण गरि १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

जसअन्तर्गत अहिले खेलाडीहरु बन्द प्रशिक्षणमा व्यक्त रहेका छन् । यहि बन्द प्रशिक्षणको प्रदर्शनको आधारमा नेपालले अन्तिम सन्तुलित टोली कतार पठाउने छ ।

पछिल्लो समय एसिसी इस्टर्न रिजन टि – ट्वान्टी खेलेको नेपालले त्यसपछि कोरोनाको प्रभावका कारण कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन । यस्तोमा कतार भ्रमण नेपालका लागि अर्थपूर्ण रहेको छ ।

नेपालको प्रारम्भिक टोली – दीपेन्द्र सिंह एरी ,विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, बिबेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलम ।

प्रतिक्रिया दिनुहोस्