onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री कपका उदयमान खेलाडी विवेक क्रिकेट समर्थकबाट पुरस्कृत

काठमाडौं (अनलाइन खेल खबर )। काठमाडौंमा भएको चौथों संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उदायमान खेलाडी घोषित भएका विवेक यादवलाई नेपाली समर्थकहरुको छाता संस्था नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) चितवनले पुरस्कृत गरेको छ ।

शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कपको पुरस्कार वितरण तथा समापन कार्यक्रम प्रश्चात उनलाई सम्मानसहित नगद पाँच हजारले पुरस्कृत गरिएको थियो ।

पुरस्कृत भएपछि विवेकले एनसीएसएसलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतियोगितामा विवेकले राम्रो प्रदर्शन गरेका थिए । प्रदेश नम्बर २ बाट खेलेका अलराउन्डर विवेकले ४ खेलमा १ सय ६७ रन बनाउँदा ४ विकेट समेत हात पारेका थिए ।

उनले प्रतियोगिताका आफ्नो सुरुवाती दुई खेलमा अर्धशतकीय पारी खेल्ने क्रममा लुम्बिनीविरुद्ध ५१ र बागमतीसँग ६६ रन बनाएका थिए । त्यसपछि सुदूरपश्चिमसँग ४१ र पुलिसविरुद्ध उनले ९ रन बनाएका थिए ।

उनि अहिले आसन्न कतार भ्रमणको नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् । नेपालले माघ २७ देखि ३० सम्म कतारसँग तीन खेलको टि – ट्वान्टी सिरिज खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्