onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आर्मी च्याम्पियन

काठमाडौं ( अनलाइन खेल खबर ) । चौथों संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मीले उचालेको छ ।

शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । प्रतियोगितामा यो आर्मीको दोस्रो उपाधि समेत हो । यसअघि आर्मीले पहिलो संस्करणमा संयुक्त रुपमा विजेता भएको हो । फाइनल खेलमा वर्षा बाधक बनेपछि आर्मी र नेपाल पुलिस संयुक्त रुपमा विजयी घोषित भएका थिए । त्यसपछिका दुई संस्करणमा आर्मी फाइनलमा निराश हुन् पुगेको थियो ।

खेलमा आर्मीले प्रस्तुत गरेको २ सय २ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ थालेको एपीएफ ४१.३ ओभरमा अलआउट हुँदै १ सय ७८ रनमा सिमित हुन् पुगेको थियो ।

प्रतिस्पर्धात्मक लक्ष्यलाई पछ्याएको भएपनि एपीएफको सुखद सुरुवात भने हुन् सकेन् । ३.१ ओभरमा टिमको स्कोर २१ रन हुँदा जितेन्द्र मुखियाको बलमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेका सुवाश खकुरेलले १४ रन बनाउँदा सोही ओभरको दोस्रो बलमा कप्तान शरद भेषवाकर सुन्य रनमा आउट हुन् पुगेपछि एपीएफ सुरुवाती अवस्थामै दबाबमा आएको थियो ।

शरद आउट भएपछि टिमको पारीलाई मोहम्मद आशिफ शेख र सङखर रानाले अगाडि बढाएका थिए । यसबीचमा यी दुई बीच तेस्रो विकेटका लागि ७१ रनको साझेदारी हुन् पुगेको थियो । १९.४ ओभरमा टिमको स्कोर ९२ रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका रानाले २१ रनको योगदान गरे ।
त्यसपछि आशिफलाई साथ दिन सुमित महर्जन मैदानमा आएका थिए ।

तर २६.१ ओभरमा टिमको स्कोर १ सय १७ रन हुँदा राम्रो ब्याटिङ गरिरहेका आशिफ ६१ रनमा आउट हुन् पुगे । ७१ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ८ चौका र १ छक्का समेत प्रहार गरेका थिए ।यस्तै सुमितले १९ रन थप्दा सन्दीप जोराले २९ रन जोडेका थिए ।

बलिङतर्फ आर्मीका लागि विक्रम शोव , जितेन्द्र मुखिया र शाहब आलमले ३-३ विकेट लिदा सुशन भारीले १ विकेट लिएका थिए ।

त्यसअघि कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ११ रन बनाएको छ ।

टिमले प्रतिस्पर्धात्मक योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यानद्वय सुशन भारी र अनिल मण्डलले मध्यम सुरुवात दिलाएका थिए । त्यस क्रममा यी दुई बीच ३२ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो । ८.६ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेका सुशनले ३४ बलमा १ चौकासहित १३ रन बनाएका थिए ।

शुशन आउट भएपछि टोलीको पारीलाई सम्हाल्न हरी चौहान मैदानमा आएका थिए । त्यसबीचमा अर्का ओपनर अनिल ११ रन बनाएर आउट हुन् पुग्दा हरीले पारीलाई अगाडि बढाउँदै गए । तर अर्को तर्फबाट विकेट पतन हुने क्रममा भिम सार्की ७ रनमा , रोहित पौडेल १३ रन र कप्तान विनोद भण्डारी ७ रनमा आउट हुन् पुगे ।

यसैबीचमा राजेश पुलामी मगरले २९ बलको सामना गर्दै २ चौका र १ छक्काको सहयोगमा २८ रनको योगदान गर्दा लोकेश बमले १५ रन बनाए त्यसपछि टिमले छठौ विकेटका रुपमा अर्धशतकीय पारी खेलेका हरी चौहान आउट हुन् पुगे । ४३.१ ओभरमा टिमको स्कोर १ सय ५१ रन हुँदा अभिनाश बोहराको बलमा आउट हुनुअघि उनले १ सय २ बलको सामना गर्दै ६ चौकाको सहयोगमा ५८ रनको योगदान गरे ।यस्तै अत्यमा विक्रम शोवले ११ रन बनाउँदा शाहव आलम २५ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ एपीएफका लागि अभिनाश बोहाराले सर्वाधिक ४ विकेट लिए । आफ्नो स्पेलको १० ओभर पूरै बलिङ गरेका उनले २ ओभर मेडन राख्दै २५ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै किशोर महतोले २ तथा कमल सिंह एरी , शरद भेषवाकर र भुवन कार्कीले १-१ विकेट लिएका थिए ।

विजेता आर्मीले नगद १० लाख प्राप्त गर्दा उप –विजेतामा सिमित हुन् पुगेको एपीएफले ५ लाख प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्