onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आर्मीबाट एपीएफलाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत

काठमाडौं ( अनलाइन खेल खबर ) । चौथों संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ११ रन बनाएको छ ।

टिमले प्रतिस्पर्धात्मक योगफल बनाउने क्रममा उसका लागि मध्य क्रममा ब्याट्सम्यान हरी चौहानले अर्धशतकीय पारी खेले । १ सय २ बलको सामना गरेका उनले ६ चौकासहित ५८ रन बनाएका थिए ।

यस्तै टिमका लागि राजेश पुलामीले २९ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाएका थिए । यी दुई बाहेक टिमका लागि तल्लो क्रममा ब्याटिङ गर्न आएका लोकेश बमले १५ रन र सुशन भारी र रोहित पौडेलले १३-१३ रन बनाएका थिए । यस्तै अत्यमा शाहब आलम २५ रनमा अविजित रहे

बलिङतर्फ एपीएफका लागि अभिनाश बोहाराले सर्वाधिक ४ विकेट लिए । आफ्नो स्पेलको १० ओभर पूरै बलिङ गरेका उनले २ ओभर मेडन राख्दै २५ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै किशोर महतोले २ तथा कमल सिंह एरी , शरद भेषवाकर र भुवन कार्कीले १-१ विकेट लिएका थिए ।

अब आर्मीले प्रस्तुत गरेको २ सय १२ रनको विजयी लक्ष्यलाई पछ्याउदै एपीएफले अबको केहि समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्