onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मराठामाथि दिल्लीको सहज जित : सोमपाल महँगो सावित

एजेन्सी । युएईमा जारी टि -१० लिगमा नेपालका सोमपाल कामी सम्मलित मराठा अरेबियन्स आफ्नो दोस्रो खेलमा पराजित हुन् पुगेको छ ।

शुक्रबार राती भएको खेलमा मराठा दिल्ली बुल्ससँग ९ विकेटले पराजित भएको छ ।

खेलमा मराठाले प्रस्तुत गरेको ८८ रनको विजयी चुनौतीलाई दिल्लीले ५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

टिमले सानदार जित दिलाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान इभिन लुइसले अर्धशतकीय पारी खेले । अविजित रहेका उनले मात्र १६ बलको सामना गर्दै २ चौका र ७ छ्क्कासहित ५५ रनको योगदान गरेका थिए ।

यस्तै रवि बोपारा पनि २८ रनमा अविजित रहदा रहमानुल्लाह गुर्बाजले ४ रन बनाए ।

बलिङतर्फ मराठाका लागि यास्मिनले १ विकेट हात पार्दा नेपालका सोमपाल कामी भने महँगो सावित हुन् पुगे । मात्र १ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए ।

त्यसअघि आबुधाबीस्थित शेख सायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मराठाले निर्धारित १० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर ८७ रन बनाएको थियो ।

उसका लागि कप्तान मोसाददेक हुसेनले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले २२ बलमा ५ चौका र १ छ्क्काको सहयोगमा ३५ रन बनाए । यी बाहेक टिमका लागि ओपनर ब्याट्सम्यान जावेद अहेमदीले २४ रनको योगदान गरे ।

बलिङतर्फ दिल्लीका लागि अलि खान , अहमद बट्ट र फिदेल एडवर्ड्सले १-१ विकेट लिएका थिए ।

यो जितसँगै समूह ए मा रहेको दिल्ली लगातार दुई खेलमा जित निकाल्दै ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । भने मराठा २ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्