onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पूणे पराजित : करणको औषत प्रदर्शन

एजेन्सी । युएईमा भईरहेको टि -१० लिगमा नेपालका अलराउन्डर करण केसी आवद्ध पूणे डेभिल्स आफ्नो दोस्रो खेलमा क्वालन्डर्ससँग पराजित भएको छ ।

शुक्रबार राती भएको खेलमा पूणे क्वालन्डर्ससँग ९ विकेटले पराजित हुन् पुगेको छ ।

खेलमा पूणेले प्रस्तुत गरेको १ सय ८ रनको लक्ष्यलाई क्वालन्डर्सले ७.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि ओपनर ब्याट्सम्यान टम बान्टनले १८ बलमा ४ चौका र ४ छ्क्काको सहयोगबाट ४५ रन बनाउँदा अर्का ओपनर ब्याट्सम्यान शारजिल खान २८ रनमा अविजित रहे भने कप्तान सोहेल अख्तर पनि ३३ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ पूणेका लागि मुनिस अन्सारीले १ विकेट हात पारे । यता नेपालका करण केसीले १ ओभर मात्र बलिङ गरे । जसमा उनले ९ रन खर्चिएका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पूणेले निर्धारित १० ओभर पूरै खेल्दै मात्र २ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

उसका लागि ओपनर ब्याट्सम्यान टम कोहलर-क्याडमोरले अर्धशतकीय पारी खेले । २८ बलको सामना गरेका उनले ५ चौका र ३ छ्क्कासहित ५४ रन बनाए । यस्तै दरविश रसुली ३९ रनमा अविजित रहे ।

बलिङतर्फ क्वालन्डर्सका लागि सुल्तान अहमद र क्रिस जोर्डनले १-१ विकेट लिएका थिए ।

यो जितसँगै प्रतियोगिता समूह बी मा रहेको क्वालन्डर्स २ अंकका साथ समूहको शीर्ष स्थानमा रहेको छ । भने पराजित भएको पूणे २ खेलबाट २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्