onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चौथों प्रयासपछि एकल च्याम्पियन बन्ने दाउमा आर्मी

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा जारी चौथों संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

जहाँ दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेपछि सुरु हुने खेलमा दुबै टिम च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् ।

प्रतियोगिता चौथों संस्करणसम्म आईपुग्दा आर्मी लगातार चौथों पटक फाइनल खेल्दैछ । पहिलो संस्करणको फाइनलमा वर्षाबाधक बनेपछि आर्मी र पुलिसले संयुक्तरुपमा उपाधि उचालेका थिए ।

त्यसपछिका संस्करणमा आर्मी स्तब्ध हुँदै आएको छ । दोस्रो संस्करणमा एपीएफ च्याम्पियन बन्दा अघिल्लो संस्करण नेपाल पुलिस क्लबले जितेको थियो ।

यसरी आर्मीलाई यसपटक एकल विजेता हुने अवसर पनि रहेको छ । जसरी आर्मीले बागमतीविरुद्ध सेमिफाइनलमा आफुलाई प्रस्तुत गर्यो । त्यसको झल्लो मात्र दिए खेल टक्करको हुने अनुमान गर्न सकिन्छ ।

यता अपराजित रहदै आएको एपीएफ पनि आर्मीलाई लिएर चनाखो देखिन्छ । प्रतियोगितामा एकै समूहमा रहेका आर्मी र एपीएफबीच समूह चरणमा भेट हुँदा खेल रोमान्चक समेत बनेको थियो । जसमा एपीएफले ६ रनले बाजि मारेको थियो ।

तसर्थ फाइनल खेल पनि प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दुबै टोलीमा अनुभवी र युवा खेलाडीको भरपुर मिश्रण रहेको हुँदा यस्तै हुन्छ भनेर अनुमान गर्न भने गाह्रो रहेको छ । विगत र कागजमा भन्दा पनि आजको दिनमा जसले राम्रो दिन सक्यो त्यतीनै सफल देखिन्छ ।

यता उपाधि उचाल्नेमा आर्मिका कप्तान विनोद भण्डारी र एपीएफका कप्तान शरद भेषावकर आशावादी देखिएका छन् । प्रतियोगिताको फाइनल अघि शुक्रबार सन्चारकर्मीसँग कुराकानी गर्ने क्रममा दुबै टिममा कप्तानले यस्तो भनाई राखेका थिए ।

यसपटकको प्रतियोगिताको विजेताले १० लाख नगद प्राप्त गर्दा उप – विजेता टोलीले ५ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्