onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कतारविरुद्धको सिरिजका लागि सिनियरलाई आराम युवालाई मौका

काठमाडौं (अनलाइन खेल खबर ) । माघ २७ देखि ३० सम्म कतार र नेपालबीचको तीन खेलको अन्तरास्ट्रिय टि – ट्वान्टी सिरिजका लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

बन्द प्रशिक्षणका लागि क्यानले शुक्रबार जारी गरेको १८ सदस्यीय टोलीमा सिनियर खेलाडीलाई आराम दिँदा युवा खेलाडीलाई प्राथमिकता दिईएको छ ।

जसअनुसार कप्तान ज्ञानेन्द्र मल्लसहित सन्दीप लामिछाने , बसन्त रेग्मी , शरद भेषावकर , आरिफ शेखलगायतका सिनियर खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छैन । जसमा हाल काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा राम्रो गरेका युवा खेलाडीलाई प्राथमिकतामा राख्दै खेलाडीलाई बोलाईएको छ ।

त्यसमा विवेक यादवलाई पहिलो पटक बन्द प्रशिक्षणमा बोलाईएको छ । प्रधानमन्त्री कपमा प्रदेश २ बाट खेलेका विवेकले प्रतियोगिताका दौरान राम्रो प्रदर्शन गरेका थिए ।

यस्तै बन्द प्रशिक्षणका लागि विनोद भण्डारी,सन्दीप जोरा , मोहम्मद आशिफ शेख,कुशल भुर्तेल,सागर ढकाल,सौरभ खनाल,भुवन कार्की,कुशल मल्ल,लोकेश बम,कमल सिंह एरी ,अविनाश बोहरा,दीपेन्द्र सिंह एरी,पवन सरार्फ,कृष्ण कार्की , सोमपाल कामी , करण केसी र साहव आलमलाई बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्