onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कप्तान रुविनालाई गृह जिल्ला झापामा अभिनन्दन

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई उनको गृह जिल्ला झापामा भब्य अभिनन्दन गरिएको छ ।

झापामा सामाजिक कार्यमा सक्रिय हुँदै आएको सुरुङ्गा जेसीजले आफ्नो १२ औं पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमका अवसरमा उनलाई अभिनन्दन गरिएको हो । जसमा जेसिससहित अन्य एक दर्जनजति स्थानिय सामाजिक संघ संस्थापनि समावेश रहेका थिए ।

उनलाई क्रिकेट खेलको माध्यमबाट सिंगो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा महिला क्रिकेटको विकासमा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मानसहित अभिनन्दन गरिएको थियो ।

रुविनालाई कनकाईमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल, झापा क्षेत्र नं ४ का निवर्तमान सङ्घीय सांसद एलपी साँवा लिम्बु, प्रदेशसभा सदस्य हीरा थापाले अभिनन्दन गरेका थिए। 

त्यस क्रममा उनलाई नौमती बाजासहित अभिनन्दन गरिएको थियो । अभिनन्दनपछि कप्तान रुविनाले अभिनन्दन गर्ने सबै संघ संस्थाप्रति हार्दिक आभार ब्यक्त गरेकी छिन् । भने यस किसिमको सम्मान प्राप्त गरेसँगै आफुमा थप उर्जा र नेपाली महिला क्रिकेटलाई नयाँ आयाम दिन थप हौसला मिलेको रुविनाले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्