onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिग ब्यास खेली सन्दीप स्वदेश फिर्ता

काठमाडौं (अनलाइन खेल खबर ) ।अष्ट्रेलियाको उच्च लिग बिग ब्यास (बीबीएल) खेलेर नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने बिहिबार साझ स्वदेश फर्किएका छन् ।

प्रतियोगितामा उनको टिम होबार्ट हरिकेन्स लिग चरणबाटै बाहिरिएपछि उनि प्रतियोगिता नसकिदै उनि स्वदेश फर्किएका हुन् । प्रतियोगितामा उनको टिम होबार्ट हरिकेन्सले खराब प्रदर्शन गर्दा सन्दीपको ब्यक्तिगत पनि त्यति संतोषजनक रहेन ।

होबार्ट हरिकेन्सले प्रतियोगितामा १४ खेलमा ७ खेलमा जित र ७ खेलमै हार व्यहोर्दै २८ अंकका साथ अंकतालिकामा पुछारबाट तेस्रो स्थानमा रहदै प्रतियोगिताको समापन गरेको थियो । यता सुरुवाती ६ खेल गुमाएका सन्दीपले त्यसपछिका बाँकी खेलमा सन्दीप खेलेका थिए । त्यस क्रममा लगातार ८ खेल खेलेका उनले मात्र ८ विकेट लिएका थिए ।

करिब डेढ महिना अष्ट्रेलिया बसाईपछि स्वदेश फर्किएका सन्दीप अब नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा जोडिने छन् । त्यसपछि उनि आसन्न कतार भ्रमणमा जाने सम्भावना रहेको छ ।

कतार क्रिकेट एसोसिएसनले नेशनल स्पोर्ट्स डे को अवसर पारेर नेपाललाई तीन खेलको अन्तर्राष्ट्रिय टि – ट्वान्टीको लागि आमन्त्रण गरेको छ । सिरिज माघ २७ देखि ३० सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्