onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बागमतीलाई हराउँदै आर्मी लगातार चौथों पटक फाइनलमा

काठमाडौं ( अनलाइन खेल खबर ) । विभागीय टोली त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी चौथों संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको फाइनल पुग्ने क्रममा आर्मीले बिहिबार बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको हो । यो सँगै आर्मी लगातार चौथों पटक फाइनल पुगेको छ । अब आर्मीले शनिबार उपाधिका लागि एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।

यता खेलमा आर्मीले प्रस्तुत गरेको २ सय ३० रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको बागमती प्रदेश ४२.२ ओभरमा अल आउट हुँदै १ सय ३५ सिमित हुन् पुगेपछि आर्मीलाई फाइनल पुग्न प्रयाप्त बन्यो ।

बलियो लक्ष्यलाई पछ्याएको भएपनि बागमतीका लागि सुरुवातबाटै खराब प्रदर्शन रहयो । ७.४ ओभरमा टिमको स्कोर मात्र १८ रन हुँदा टिमले सुरुवाती ५ खेलाडीलाई सस्तैमा गुमायो । त्यस क्रममा ओपनर ब्याट्सम्यानद्वय आकाश थापा सुन्य रनमा आउट हुन् पुग्दा आदील खानले १० रन बनाएर आउट हुन् पुगेका थिए । भने विभन्सु थापा ४ रन र पृथु बास्कोटा १ रन बनाएर आउट हुँदा पाँचौ विकेटका रुपमा पभेलियन फर्किएका इशान पाण्डेले खाता सम्म खोल्न सकेनन् ।

सुरुवाती ५ महत्वपूर्ण ब्याट्सम्यानलाई गुमाएर ठूलो दबाबमा आएको बागमतीको पारीलाई कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले अगाडि बढाए । त्यसबीचमा यी दुईबीच छठौ विकेटका लागि ५८ रनको साझेदारी हुन् पुगेको थियो । २१.२ ओभरमा टिमको स्कोर ७६ रन हुँदा छठौ विकेटका रुपमा आउट हुन् पुगेका विपिनले २३ रन बनाए ।

यस्तै पारीमा सर्वाधिक धेरै रन बनाएका ज्ञानेन्द्र मल्लले ६० बलमा ४ चौकासहित ४७ रन बनाए । भने अविजित रहेका नन्दन यादवले २२ रन बनाए

बलिङतर्फ आर्मीका लागि जितेन्द्र मुखियाले ४ तथा विक्रम शोव र सुशन भारीले समान ३ विकेट हात पारेका थिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभर खेल्दै आफ्नो सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो ।

टिमले बलियो योगफल बनाएको भएपनि सुरुवात भने सन्तोषजनक हुन् सकेको थिईन् । टिमले ७.१ ओभरमा टिमको स्कोर १७ रन हुँदा आफ्ना तिन सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको थियो । त्यस क्रममा हरी चौहानले ३ रन बनाए भने अर्का ओपनर ब्याट्सम्यान अनिल मण्डलले २ रन बनाउँदा युवा खेलाडी रोहित पौडेलले खाता सम्म खोल्न सकेनन् ।

त्यसपछि पारीलाई भिम सार्की र लोकेश बलले अगाडी बढाए । जस अनुरुप यी दुई बीच चौथों विकेटका लागि ५३ रनको साझेदारी हुन् पुगेको थियो । १८.२ ओभरमा टिमको स्कोर ७३ रन हुँदा आउट हुन् पुगेका लोकेशले नन्दन यादवको बलमा आउट हुनुअघि ३० बलमा २ चौका र १ छक्कासहित २३ रन बनाएका थिए ।

लोकेश आउट भएपछि भिमलाई साथ दिन राजेश पुलामी मगर मैदानमा आएका थिए । त्यसबीचमा राम्रो ब्याटिङ गर्दै आएका भिम व्यक्तिगत ४० रनमा आउट हुन् पुगे । ६१ बलको सामना गरेका उनले ५ चौका र १ छक्काको सहयोगमा उक्त रन बनाएका थिए ।

त्यसपछि राजेशले अर्धशतकीय पारी खेल्दा टिम बलियो स्थितिमा पुग्यो । गौतम केसीको बलमा आउट हुनुअघि उनले ९१ बलमा ४ चौका र २ छक्कासहित ६५ रनको योगदान गरे । यस्तै अत्यमा कप्तान विनोद भण्डारीले १० रन बनाउँदा विक्रम शोवले ३५ र सुशन भारीले १६ रन बनाएका थिए ।

बलिङतर्फ बागमतीका लागि गौतम केसीले सर्वाधिक ५ विकेट हात पारे । आफ्नो स्पेलको १० ओभर पूरै बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ६१ रन खर्चिएर उक्त विकेट हात पारेका थिए । तथा राम नरेश गिरी , नन्दन यादव , तिलक भण्डारी र विपिन आचार्यले समान १ विकेट लिएका थिए ।

यता प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्दा उप –विजेता टोलीले ५ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्