onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राजेश पुलामीको अर्धशतकमा आर्मीबाट बागमतीलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं ( अनलाइन खेल खबर ) । राजेश पुलामी मगरले अर्धशतकीय पारी खेलेपछि त्रिभुवन आर्मी क्लबले चौथों संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभर खेल्दै आफ्नो सबै विकेट गुमाएर २ सय २९ रन बनाएको छ ।

खेलमा टिमले चुनौतीपूर्ण योगफल बनाउने क्रममा उसका लागि मध्य क्रमका ब्याट्सम्यान राजेश पुलामी मगरले अर्धशतकीय पारी खेले । ९१ बलको सामना गरेका उनले ४ चौका र २ छक्कासहित ६५ रनको योगदान गरे ।

यस्तै टिमका लागि भिम सार्कीले ६१ बलको सामना गर्दै ५ चौका र १ छक्काको सहयोगमा ४० रनको योगदान गरेका थिए । यी बाहेक टिमका लागि विक्रम शोवले ३५ तथा लोकेश बमले २३ रन ,कप्तान विनोद भण्डारीले १० रन र शुशन भारीले १६ रन बनाएका थिए ।

बलिङतर्फ बागमतीका लागि गौतम केसीले ५ तथा राम नरेश गिरी , नन्दन यादव , तिलक भण्डारी र विपिन आचार्यले समान १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्