onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आरिफको साहस

सलमान शाह ( अनलाइन खेल खबर )। बुधबार प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल भईरहेको थियो । जहाँ साविकको विजेता नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपीएफको सामना गरेको थियो । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले एपीएफले ब्याटिङ गरिरहेको थियो ।

त्यस क्रममा पुलिसका अनुभवी खेलाडी मोहम्मद आरिफ शेखले राम्रो बलिङ गरिरहेका थिए । उनले आफ्नो स्लेलको १० ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ३१ रन खर्चिएर ३ विकेट हात समेत पारे । उनको बलमा एपीएफका सुवाश खकुरेल , शरद भेषवाकर र सुमित महर्जन आउट हुन् पुगेका थिए ।

खेल चल्दै थियो । त्यसबीचमा पारीको ४६ ओभर चल्दै थियो । सोही ओभरको तेस्रो बलमा फिल्डिङ गर्ने क्रममा आरिफ चोट बोक्न पुगे । एंकलमा चोट बोकेपछि उनलाई स्ट्रेचरमार्फत मैदान बाहिर ल्याईयो । मैदानमा उपलब्ध प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि ह्याम्स अस्पताल पुर्याईयो ।

अस्पतालमा चेक जाचँ गरेपछि उनि फर्किए । टिमले ब्याटिङ थालिसकेको थियो । एपीएफले प्रस्तुत गरेको २ सय ४ रनको लक्ष्यलाई पछ्याएको पुलिसको ब्याटिङ सोचे अनुरुप हुन् सकेन् । त्यसबीचमा आरिफ मैदानमा प्रवेश गरे । टिमको आठौं विकेटपछि उनि खुट्टा खोच्दाउँदै मैदानमा प्रवेश गरेका थिए । मैदानमा सागर ढकाल रहेका थिए । जसरी उनि मैदान भित्र जादै थिए । त्यो देख्दैमा साहसिक खेलाडीको झल्को दिईरहेको थियो । उनको त्यो कदम व्यक्तिगत भन्दामाथि टिमका लागि रहेको थियो । उनि पुग्दा पुलिस कठिन मोडमा समेत पुगिसकेको थियो ।

तर पनि उनले व्यक्तिगत भन्दा पनि टिमका लागि खेल्ने निर्णय गरे । अर्को नजरले हेर्दा सायद उनले खेल्ने निर्णय नगरेको भए पनि हुने थियो । पुलिस जित नजिक पनि थिईन् तर जसरी उनले बोल्ड निर्णय गरे त्यसलाई सम्मान गर्न जरुरी छ । र जसरी उनि मैदानमा पुगेर खेले । संजोग पनि यस्तो हुन् पुग्यो । उनि मैदान जानुअघि स्ट्राइक सागर ढकाललाई दिने सोच बनाएका थिए । जुन सोच टिमको पनि थियो ।

तर मैदान पुगेपछि माहोलनै फरक हुन् पुग्यो । जब उनि मैदानमा थिए , आरिफलाई सबैले सम्मानका साथ हेरिरहेका थिए । खेल हेर्न आएका दर्शकहरु पनि जुरुक्क उठेर उनलाई साथ दिईरहेका थिए । त्यसबीचमा उनले १४ बलको सामना गर्दै २ चौका र १ छक्कासहित १६ रन बनाए । त्यो अवस्थामा त्यसरी ब्याटिङ गर्नु आफैमा अदभुत र खेल भावना प्रति रहेको थियों । खेल भने पुलिसले ३० रनले गुमायो ।

खेलपछि विपक्षी टिमका कप्तान शरद भेषवाकरले आरिफको प्रयासलाई तारिफयोग्य बताएका थिए । अहिले भने आरिफ आराममा रहेका छन् । चिकित्सकका अनुसार उनि अबको केहि दिनपछि पूर्ण ठिक हुनेछन् । र मैदानमा फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्