onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएल अक्सन चेन्नईमा हुने

एजेन्सी । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को अक्सन फेब्रुअरी १८ मा चेन्नईमा हुने भएको छ ।

त्यसका लागि सबै फेन्चाईज टोलीले आफ्नो खेलाडीको रिलिज र रिटेन खेलाडीको सूची भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई बुझाईसकेका छन् ।

यसपटक अक्सनमा स्टिव स्मिथ , ग्लेन म्याक्सवेल जस्ता चर्चित अनुहारमाथि बोली लाग्नेछ । यता नेपालका युवा खेलाडी सन्दीप लामिछानेलाई पनि दिल्ली क्यापिटल्सले फुकुवा गरिसकेको अवस्था भएको हुँदा सन्दीपका सुभचिन्तकहरुको नजर त्यसतर्फ पनि रहने छ ।

सन्दीपलाई दिल्लीले सन् २०१८ मा तीन वर्षको लागि अक्सनमार्फत टिममा भित्राएको थियो ।

त्यसबेला उनलाई २० लाख भारतीय रुपिएमा टिमले अनुवन्धित गरेको थियो । सन्दीपले आफ्नो पहिलो सिजनमा ३ खेलमा मौका पाउँदा ५ विकेट लिन सफल समेत भएका थिए ।
भने अर्को वर्ष सन् २०१९ मा उनले ६ खेलमा ८ विकेट लिएका थिए । तर युएईमा भएको अघिल्लो सिरिजमा भने सन्दीपले एक खेल पनि खेल्न पाएका थिइनन् । समग्रमा सन्दीपले दिल्लिबाट खेल्दा ९ खेलमा १३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्