onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पहिलो पटक फाइनल पुग्ने दाउमा बागमती

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा जारी चौथों संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।

जसमा बागमती प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । बागमती समूह बी को विजेता टोलीको हैसियतबाट सेमिफाइनल पुग्दा आर्मी समूह ए को उप – विजेता टोली हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेपछि हुने खेलमा बागमती पहिलो पटक फाइनल पुग्ने दाउमा हुनेछ । अघिल्लो संस्करणमा पनि सेमिफाइनलबाट अगाडि बढन नसकेको बागमतीलाई यस पटक राम्रो अवसर पनि रहेको छ । त्यसबेला बागमती आर्मीसँगनै पराजित भएको थियो ।

तसर्थ बागमती त्यो हारलाई यसपटक दोराउन चाहदैन । प्रतियोगितामा बागमतीको प्रदर्शन पनि राम्रो देखिएको छ । भने आर्मीको त्यति संतोषजनक देखिएको छैन । गत संस्करणको उप – विजेता समेत रहेको आर्मीमा सम्भावना भने नभएको होईन , रहेको छ ।

टोलीमा अनुभव र युवा जोशको कमि भने छैन । त्यसैले बागमतीलाई आर्मीसँग सहज पक्कै हुनेछ । जसरी नेपाली घरेलु क्रिकेटमा विभागीय टोलीको विरासत रहेको छ । त्यसलाई भंग गर्न बागमतीलाई त्यति सहज भने देखिदैन ।

सम्भावनाका हिसावले दुबै टोलीको उत्तिकै रहेको छ । यता बुधबार भएको पहिलो सेमिफाइनलमा साविकको च्याम्पियन समेत रहेको नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ प्रतियोगिताको फाइनल पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्