onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपीएफले दियो पुलिसलाई सम्मानजनक लक्ष्य

काठमाडौं (अनलाइन खेल खबर ) । विभागीय टोली एपीएफले काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई सम्मानजनक विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ३ रन बनाएको छ ।

उसका लागि मध्य क्रममा ब्याट्सम्यान सङखर रानाले सर्वाधिक ठूलो पारी खेले । ९६ बलको सामना गरेका उनले ४ चौकासहित ४४ रनको योगदान गरे । यस्तै भुवन कार्कीले ५६ बलमा १ चौका र २ छक्कासहित ४२ रन बनाए ।

यी दुई बाहेक टिमका लागि सन्दीप जोराले ३४ तथा कप्तान शरद भेषवाकरले १८ रन र कमल सिंह एरीले १९ रन बनाएका थिए । यस्तै अत्यमा अविनाश बोहराले अविजित रहदै ११ रन बनाए ।

बलिङतर्फ नेपाल पुलिस क्लबका लागि मोहम्मद आरिफ शेखले सर्वाधिक ३ विकेट हात पारे । आफ्नो स्लेलको १० ओभर पूरै बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ३९ बल खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै ललित राजबम्शी र दिपेन्द्र सिंह एरीले समान २ विकेट हात पार्दा सागर ढकाल र राशिद खानले १- १ विकेट लिएका थिए ।

अब एपीएफले प्रस्तुत गरेको २ सय ४ रनको विजयी लक्ष्यलाई पछ्याउँदै पुलिसले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्