onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

न्युजिल्यान्डविरुद्धको टि – ट्वान्टी सिरिजका लागि अष्ट्रेलियन टोलीको घोषणा

एजेन्सी । फेब्रुअरी २२ देखि मार्च ७ तारिखसम्म न्युजिल्यान्डमा हुन् गईरहेको अष्ट्रेलिया र न्युजिल्यान्डबीचको टि – ट्वान्टी सिरिजका लागि पाहुना टोली अष्ट्रेलियाले आफ्नो टोलीको घोषणा गरेको छ ।

बुधबार क्रिकेट अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा १८ सदस्यीय टि – ट्वान्टी टोली घोषणा गरेको छ । जसमा युवा र अनुभवीको तालमेल देख्न सकिन्छ ।

टिममा एस्टन अगर, जेसन बेहरेन्डोर्फ, मिशेल मार्श, ग्लेन म्याक्सवेल, बेन म्याकडर्मोट, रिले मेरिडिथ, जोश फिलिप, केन रिचर्डसन, झे रिचर्डसन, डेनियल सेम, तनवीर सांघा, डी आर्सी शर्ट, मार्कस स्टोइनिस, एस्टन टर्नर, एन्ड्र्यू टाय, म्याथ्यू वेड र एडम जम्पा रहेका छन् ।

जसमा तनविर ,जोश फिलिप र रिले मेरिडिथ गरि तिन नयाँ अनुहार टिममा पहिलो पटक समावेश रहेका छन् । जसले बिग बाश लिगमा समेत राम्रो प्रदर्शन गरेका थिए ।

अष्ट्रेलियाले न्युजिल्यान्डसँग पहिलो टि – ट्वान्टी २२ फेब्रुअरीका दिन खेल्नेछ । जुन खेल नेपाली समय अनुसार बिहान पौने १२ बजेपछि सुरु हुनेछ । त्यस्तै दोस्रो खेल २५ फेब्रुअरी, तेस्रो खेल मार्च ३ , चौथो ५ र पाँचौ तथा अन्तिम खेल मार्च ७ तारिखमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्