onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पहिलो सेमिफाइनल आज : एपीएफलाई चुनौती दिन पुलिस तयार

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज बुधबार हुँदैछ ।

जहाँ समूह ए विजेताको हैसियतबाट सेमिफाइनल पुगेको एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस समूह बी को उप – विजेता बन्दै एपीएफसँग सेमिफाइनल भेट पक्का गरेको छ ।

खेल कीर्तिपुरमा रहेको नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा एपीएफ अपराजित रहदै आएको छ । भने एपीएफको तुलनामा पुलिसको प्रदर्शन त्यति संतोषजनक हुन् सकिरहेको छैन ।

साविकको विजेता समेत रहेको पुलिसलाई यसपटक पनि उपाधिको दाबेदार टोलीको रुपमा हेरिएको भएपनि त्यो स्तरको प्रदर्शन मैदानमा देखिएको छैन । प्रतियोगितामा पहिलो खेलमा बागमती प्रदेशसँग ७ विकेटले निराश भएको पुलिसलाई सेमिफाइनल पुग्न पनि हम्मे हम्मे देखियो ।

कारण थियो । सोही समूहमा रहेको लुम्बिनी प्रदेशको राम्रो प्रदर्शन । दुभाग्यवस लुम्बिनी अगाडी बढन त सकेन् । बागमतीसँगको खेल लुम्बिनीलाई फापेन त्यसको प्रत्यक्ष फाइदा पुलिसलाई हुन् पुग्यो । र आज पुलिसले एपीएफको सामना गर्दैछ ।

समूहमा बागमतीले ३ खेलमा जित र १ खेलमा बराबरीसँगै ७ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहदै समूहको विजेताको हैसियतबाट सेमिफाइनल पुग्दा उप – विजेता बनेको पुलिसको ६ अंक रहँदा लुम्बिनीको ५ अंक रहयो ।

यता एपीएफले भने आफ्नो उपाधि दाबेदारीलाई अझ प्रगाढ बनाउँदै आएको छ । तर यसो भनिरहदा यी दुईबीचको सेमिफाइनल खेलमा जे पनि हुन् सक्छ । युवा र अनुभवी खेलाडीले भरिपुर्ण दुबै टोलीमा सम्भावना दुबैको उत्तिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्